स्वास्थ्यकर्मीहरुद्वारा समावेसी ऐनको माग

१५ फाल्गुन २०६९, मंगलवार २०:२४ मा प्रकाशित

रुपन्देही, १५ फागुन । गुणस्तरिय स्वास्थ्य सेवाको सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ प्रथम स्वास्थ्य सेवा दिवस मंगलबार भैरहवामा पनि मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा  भएको कार्यक्रममा अधिकांश स्वास्थ्यकर्मीहरुले  समावेसी ऐन बनाउन नसकेको कारण स्वास्थ्यमा समस्या भएको बताएका छन् । स्वास्थ्य क्षेत्रमा  काम गर्ने स्वास्थ्यकर्मीहरु असुरक्षित भएको  कारण सरकारले सुरक्षाको प्रत्याभुति दिनुपर्ने उनीहरुको माग छ ।
कार्यक्रममा  बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले विभिन्न समस्याका हुँदाहुँदै पनि स्वास्थ्य क्षेत्रले फड्को मारेको बताउनु भयो । एकजना स्वास्थ्यकर्मीले हजारौको ज्यान बचाउने जनाउँदै उहाँले सरकारले पुर्णरुपमा सुरक्षा दिने प्रतिवद्धता जनाउनुभयो । बिरामीको लागी  स्वास्थ्यकर्मी भगवान भएको  बताउनु भयो ।  स्वास्थ्यकर्मीलाई  असुरक्षा भए आफुसुरक्षा दिनतयार भएको  बताउनु भयो  एक अर्काे पं्रसगंगमा  बोल्दै प्रजिअ पोखरेलले कामगरेको कर्मचारीलाई सरकारले मुल्याकन गरेको गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला अस्पताल भैरहवाका प्रमुख डा. मनोहर जोशी सबै कुरा अस्वस्थ भएको बेला स्वास्थ्य पनि अछुतो नरहेको बताउनुभयो । कर्मचारीलाई काम गर्दा सबै ठाउको एकै नियम हुनुपर्ने बताउनु भयो । कार्यक्रममा   लुम्बिनी आयुर्वेदिक अस्पतालका  प्रमुख  डा. प्रितमकुमार शर्मा, भीम अस्पताल विकास समितिका अध्यक्ष आनन्दप्रसाद गुप्ता नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष विश्वबन्धु वियन नर्सिङ एसोसियसनकी सरस्वती घिमिरे टिकाराम घिमिरे लगायतले बोल्नुभएको थियो जिल्ला जनस्वास्थ कार्यालय रुपन्देहीका प्रमुख  महेश्वर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी