सर्वोच्च–विज्ञप्तिको विरोधमा तेस्रो जनआन्दोलनको चेतावनी

१५ फाल्गुन २०६९, मंगलवार १८:४३ मा प्रकाशित

काठमाडौं, १५ फागुन । मुलुकको निकासको लागि भन्दै प्रमुख चार दलको आग्रहमा चुनावी सरकारको नेतृत्व लिन प्रधानन्यायाधीश तयार रहेको आशयसहित गत सोमबार सर्वोच्च अदालतले निकालेको विज्ञप्तीप्रति विभिन्न राजनीतिक दलहरुले आपत्ति प्रकट गरेका छन् ।
राष्ट्रिय एकता पार्टी, केशव मैनाली नेतृत्वको चुरेभावर राष्ट्रिय पार्टी र बहुजातीय समावेशी पार्टीले मंगलबार एक विज्ञप्ती निकालेर विभिन्न लोकतान्त्रिक विकल्पहरु बाँकी रहँदा रहँदै न्यायपालिकामा राजनीतिककरण गर्ने षड्यन्त्रस्वरुप प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन खोजेको भन्दै यसले मुलुकमा निरंकुशताको जन्म गराउने चेतावनी दिएका छन् ।
संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको स्पष्ट पार्दै  उनीहरुले तेस्रो जनआन्दोलनको चेतावनीसमेत दिएका छन् । यस्तो सहमति र स्वीकारोत्तिले विश्वसामू वेईजत गरेकोसमेत उनीहरुको ठहर छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्