नातीनातिनीसहित हजुरबुबाको हत्या

१५ फाल्गुन २०६९, मंगलवार १७:४६ मा प्रकाशित

काठमाडौं, १५ फागुन । मोरङ शनिश्चरे–१ भुटानी शरणार्थी शिविर सेक्टर २ हट नम्बर ६ बस्ने २१ वर्षीय राधाकृष्ण न्यौपानेलाई अपहरण गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही जिल्ला बरहथवा–८ बस्ने ३२ वर्षीय वीरेन्द्रकुमार यादव, बरहथवा–६ बस्ने सुरेश चौधरी र बरहथवा–९ बस्ने ३३ वर्षीय राजदेव चौधरी रहेका छन् । न्यौपानेलाई गत ९ गते उर्लाबारी मोरङबाट अपहरण गरी अपहरणकारीहरुमध्ये राजदेव चौधरीको घरमा बन्धक बनाई राखेको प्रहरीले पत्ता लगाएको थियो ।
यसैबीच संखुवासभाको जलजला–२ बस्ने ६५ वर्षीय लाकबुटी शेर्पा, निजको नाती १४ वर्षीय दावा शेर्पा र नातिनी ९ वर्षीया अप्सरा शेर्पा धारिलो हतियारले घाँटी रेटी हत्या गरेको अवस्थामा फेलापरेका छन् । उनीहरुका सोमबार राति हत्या भएको प्रहरीले जनाएको छ । मृतक शेर्पाको छोरा ४५ वर्षीय लाक्पा शेर्पा बिगत ११ महिनादेखि बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको, जेठी बुहारीको मृत्यु भइसकेकोले कान्छी बुहारी अर्कै घरमा बसोबास गर्ने गरेको र पारिवारिक कचिङगल नै हत्याको कारण रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग