
काठमाडौं, १५ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायधीसको नेतृत्वमा चुनाबी सरकार गठन गर्ने दलहरुको प्रयास सकारात्मक भन्दै प्रशंसा गरेका छन् । प्रधानन्यायधीशको नेतृत्वमा तटस्थ चुनाबी सरकार निर्माण गर्ने आफ्नो पुरानो माग पूरा हुन लागेको भन्दै उनले सन्तुष्टि व्यक्त गरेका हुन् । मंगलबार इटहरिमा आयोजित पार्टीको एक कार्यक्रममा उनले ०६२/०६३ को जनआन्दोलनपछि आफ्नो पार्टी सबैभन्दा बढी सफल भएको दावीसमेत गरे । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने प्रस्ताव आफूले सुरुमै राखेको तर ठूला भनिएका दलहरुले अस्वीकार गरेको स्मरण गराउँदै उनले आज ती दलहरु आफ्नै पार्टीको लाइनमा आउन बाध्य भएको दाबी गरे । आफ्नो पार्टीले वर्ष दिनअघि दिएको फर्मूला आज दलहरुलाई अन्यत्रैबाट सुझाउनुपरेको भन्दै थापाले व्यंग्य गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन
विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ
डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री