बाबुराम सरकारका निर्णय तत्काल उल्टाउन नेता महतको सुझाव

१५ फाल्गुन २०६९, मंगलवार १५:५० मा प्रकाशित

काठमाडौं, १५ फागुन । बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले निर्वाचनलाई प्रभावित पार्ने र आर्थिक रुपमा ब्रम्हलुट मच्चाउने नियतले धमाधम निर्णयहरु गर्न थालेपछि विपक्षी नेताहरुको ध्यान आकृष्ट भएको छ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नयाँ बन्ने सरकारले गरेका ती निर्णयहरु तत्काल उल्टाउनुपर्ने बताउनुभएको छ । राजधानीमा मंगलबार आयोजना गरिएको साक्षात्कारमा उहाँले अर्को सरकार बन्ने निश्चित भएपछि सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्ने गरी महत्वपूर्ण स्थानमा आफ्ना मान्छेलाई सरुवा–बढुवा गरेको, चुनावको मुखमा कार्यकर्तालाई पोस्न स्वरोजगार कोषको नामबाट पैसा बाँडेको र निर्वाचनको लागि आर्थिक स्रोत जुटाउन मुलुकलाई दीर्घकालसम्म प्रभाव पार्ने गरी निर्णय गरेको दावी गर्दै आउँदो सरकारको पहिलो प्राथमिकता त्यस्तो निर्णयको खारेजी हुनु पर्ने तर्क गर्नुभयो ।
डा. महतले बुढी गण्डकी र नरसिंहगढ जलविद्युत आयोजनामा अध्यक्ष नियूक्ति, नेपाललाई काम नलाग्ने जहाज खरिद, पोखरा विमानस्थल निर्माण, माथिल्लो त्रिशुलीको क्षमता अभिबृद्धि गर्ने निर्णय, साना किसानले लिएको ३० हजार बराबरको ऋण मिनाहा गरेर अर्थतन्त्र डुबाउने निर्णय, स्वरोजगार कोषबाट कार्यविधि नै नबनाई हतारमा रकम वितरण गराउनुजस्ता निर्णय वर्तमान सरकारको निर्वाचनलाई प्रभावित पार्ने र आर्थिक लाभ लिने नियतले भएको दाबी गर्नुभयो ।
डा. महतले थप्नुभयो, ‘निर्वाचनमा धाधँली गर्न आफ्नो मान्छे राखिँदैछ, देशलाई कंगाल बनाउँदै आफु र आफ्नो मान्छेलाई पोस्ने काम भइरहेको छ । यो निर्णय अर्को सरकारले बदर गर्नु पर्छ ।’
प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार निर्माण गर्न राष्ट्रपतिबाट संवैधानिक बाधा–अडकाउ फुकाउने र सर्वोच्च अदालतमा परेको रिटको फैसला हेर्ने काम बाँकी रहेको उल्लेख गर्दै सर्वोच्चले गर्ने फैसला आफूहरुलाई स्वीकार्य हुने स्पष्ट पार्नुभयो । सर्वोच्च अदालतले प्रधानन्यायधिसको नेतृत्व हुँदैन भन्यो भने हामिलाई मान्य हुन्छ । पहिला सर्वोच्चको यो विषयमा निर्णय आउनु पर्छ तर प्रधानन्यायधिश प्रधानमन्त्री भएपछि चाहिँ न्यायालयको काम छाड्नु पर्छ भन्न नेता महत चुक्नुभएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना