युवा संघमा बस्नेतको पल्ला भारी

१५ फाल्गुन २०६९, मंगलवार १५:३० मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही १५ फागुन । युवा संघ नेपालको नयाँ नेतृत्वका लागि आठौँ महाधिवेसनमा भएको मतदानको मतगणना जारी रहेको छ । पछिल्लो मतगणनाअनुसार महेश बस्नेत एक सयभन्दा बढी मतले अगाडि देखिएका छन् । ११ बजेसम्मको मतपरिणाम अनुसार बस्नेतले ५ सय ३९ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेद्वार निरज आचार्यले ४ सय ३९ मत ल्याएका छन् । महासचिवमा पनि बस्नेत प्यानलका राजीव पहारी आचार्य प्यानलका
बाबुराम थापाभन्दा केही मतले अगाडि देखिएका छन् । उपाध्यक्षमा पनि बस्नेत प्यानलका उम्मेद्वाहरु नै अगाडी देखिएबाट बस्नेत पक्षको विजय सुनिश्चित जस्तै ठानिएको छ । आज मंगलबार बेलुकासम्म मत परिणाम आइसक्ने निर्वाचन मण्डलले जानकारी दिएको छ । जम्मा १४ सय ६० मतदातामध्ये १३ सय ८७ मत खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा

काठमाडौं । स्थाीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनासँगै परिणाम आउने क्रम पनि जारी छ । आज (बिहीबार) दिउँसो १२ः३० बजेसम्म ५५५ पालिकाको