नेपाली सेनाद्वारा प्रेसरकुकर बम डिस्पोज

१५ फाल्गुन २०६९, मंगलवार १५:१९ मा प्रकाशित

रुपन्देही, १५ फागुन । बुटवलको ब्यस्त स्थान पुष्पलाल पार्कनजिकै सडक छेउमा राखिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको छ । प्लास्टिकको झोलामा साढे २ लिटरको पे्रसर कुकरमा बम राखिएको भेटिएपछि नगरवासी त्रसित बनेका थिए । उक्त प्रेसर कुकरसँगै नेकपा माओवादी (क्रान्तिकारी)को नामका पर्चा भेटिएपछि उक्त वस्तु बम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बमको आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर पुष्पलाल पार्कमै करिब तीन फिट गहिरो खाडल खनेर डिस्पोज गर्दा उक्त वस्तु शक्तिशाली बम रहेको पुष्टी भएको हो । बम डिस्पोज गर्नका लागि पुष्पलालपार्कमा बिहान ७ बजेदेखि करिब ३ घण्टासम्म सडकमा आवागमन बन्द गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा