‘प्रधानन्यायाधीशको नेतृत्व’बारे तर्कवितर्क जारी

१५ फाल्गुन २०६९, मंगलवार ०८:०८ मा प्रकाशित

रासस/ काठमाडौं, १५ फागुन । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन हुन्छ वा हुँदैन भन्नेबारे विभिन्न दलका नेताबीच सोमबार पनि चर्को तर्क वितर्क भएको छ । राजधानीमा आयोजित आयोजित साक्षात्कारमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले मुलुकलाई सङ्कटबाट जोगाउन पार्टीमा व्यापक छलफल गरेरनै काँग्रेसले प्रधान न्यायाधीश नेतृत्वको सरकारको विकल्पमा उभिएको भन्दै सर्वोच्च अदालतको निर्णय नआउँदासम्म कसैले बोल्नुको अर्थ नहुने बताए भने एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले विभिन्न कोणबाट आईरहेका तर्क र टिकाटिप्पणी सही भएपनि समग्र राष्ट्रलाई निकास दिन एउटा सहमतिमा पुग्नै पर्ने बाध्यताले अहिलेकै विकल्पमा सहमति हुने बताए। उनले भने, ‘अहिले राष्ट्र असाध्यै सङ्कटमा भएको बेला बुद्धिबिलास गर्ने हैन, सकारात्मक रुपमा संवैधानिक बाधा हटाउनेतर्फ बहस गरिनुपर्छ,यसतर्फ सरोकारवाला गम्भीर हुनुपर्छ।’
यस्तै, नेकपा (एमाले)का प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले राम्रो उद्देश्यका लागि भएपनि खराव विकल्पले थप अस्थिरता निम्त्याउने भन्दै लोकतन्त्रलाई बलियो बनाउनका अहिलेको जटिल समस्याको समाधान राजनीतिक दलहरूकै सहमतिबाट खोजिनुपर्ने बताए। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का नेता जितेन्द्र देवले सङ्कटग्रस्त मुलुकलाई सहमतितर्फ अघि बढाउन उचित विकल्पको रुपमा प्रधानन्यायाधीशको विकल्प अघिसारिएको तर त्यसमा राजनीतिक आवरणका वकिलहरूको कारण समस्या उत्पन्न भएको तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय