पूर्वयुवराजको ‘एमआरआई’को सम्भावना बढ्यो, पूर्वराजा बैंकक प्रस्थान गर्दै

१५ फाल्गुन २०६९, मंगलवार ०७:५५ मा प्रकाशित

काठमाडौं, १५ फागुन । गत ८ गते हृदयाघात भएपछि बैंककको अस्पतालमा उपचाररत पूर्वयुवराज पारश शाहको शरिरको तापक्रम स्वाभाविक तवरमा सामान्य हुन थालेपछि उपचारमा संलग्न चिकित्सकहरु उत्साहित बनेका बैंककस्थित स्रोतले जनाएको छ । औषधि प्रयोग तथा चिकीत्सकीय विशेष प्रयासविना नै शरिरको तापक्रम बढ्दै गएपछि एमआरआई गर्ने एवम् थप उपचारका विधि अपनाउने मार्ग प्रशस्त हुने चिकित्सकहरुको ठहर रहेको बुझिन्छ । यतिबेला पारसको शरिरको तापक्रम ३५ डिग्री रहेको छ भने ३६ डिग्रीबाट उकालो लागेमा एमआरआई गर्ने तयारी उपचारमा संलग्न चिकीत्सकको टोलीले गरिरहेको समाचारमा जनाइएको छ । स्मरण रहोस्, एमआरआई गरेर त्यसको रिपोर्टका आधारमा मात्र शाहको मुटुको शल्यक्रिया गर्ने या नगर्ने निक्र्योलमा पुग्न सकिने चिकित्सकहरुले पहिले नै बताइसकेका छन् । यसरी शरिरको तापक्रममा क्रमिक सुधार आए पनि पारशको अवस्थाका बारे उत्साहजनक प्रतिक्रिया भने सम्बन्धित चिकित्सकहरुले अझै दिएका छैनन् ।
यसरी पारशको स्वास्थ्यमा क्रमिक सुधार आउन थालेको खबरकैबीच बिरामी छोरालाई हेर्न पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल बुधबार बैंकक प्रस्थान गर्ने बताइएको छ । पुत्र हृदयाघातबाट थलिएर अस्पताल पुग्दा पूर्वराजा सपरिवार सिमरास्थित प्रभु शाहको घरमा थिए । केही समय आराम गर्ने उद्देश्यले सिमरा गएका भए पनि पारश बिरामी भएपछि पूर्वराजाको सिमरा–यात्रा फिक्का बन्न पुगेको थियो । यसैक्रममा कान्छी नातिनीसमेत बिरामी परेर अस्पताल भर्ना गर्नुपर्ने अवस्था निम्तिएपछि तत्काल उनीहरु बैंकक जान नपाई रोकिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

टेक्सास । अमेरिकाकाे टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४२ जना आप्रवासी मृत फेला परेका छन् । फेला

कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत