त्रिभुवन राजपथ वासिन्दा आन्दोलित

१५ फाल्गुन २०६९, मंगलवार ०७:४३ मा प्रकाशित

काठमाडौं, १५ फागुन । त्रिभुवन राजपथ दाँयाबाँया २५÷२५ मिटर घरजग्गा हटाउन डिभिजन सडक कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरेपछि राजपथ आपसापका बासिन्दा आन्दोलित भएका छन् । पृथ्वी राजमार्गको निर्माणपछि सुनसान बन्दै गएको त्रिभुवन राजपथ सवारी चापको दृष्टिले एक्लिन पुगेको हुँदा यसलाई बैकल्पिक रुपमा पर्यटन मार्गको रुपमा कार्यान्वयनका लागि स्थानीयवासीले माग गरेका छन् ।
सोमबार पालुङस्थित ‘विकास घर’मा भएको बृहद भेलाले आफ्ना समस्या सरकारसम्म पु¥याउन अरुण रायमाझीको संयोकत्वमा त्रिभुवन राजपथ संघर्ष समिति चयन गरेको छ । सचिवालय समितिमा अध्यक्ष अरुण रायमाझी, सचिव सुरेन्द्रमान प्रधान, सदस्यहरु राजेश केसी, श्यामभक्त श्रेष्ठ, इश्वरनाथ पौडेल, उत्तरबहादुर गोपाली, अर्जुन केसी, पुरुषोत्तम ढकाल र विनोद केसी चुनिएका छन् । संघर्ष समितिका सदस्यहरुमा मनकुमार भोम्जन, सूर्यबहादुर दोङ, हरिशरण कार्की, विनोद लामा, सागर गोले, मानबहादुर स्याङ्तान, सुरेन्द्र गोपाली, ज्ञानचन्द्र सिकारी, पूर्णबहादुर घले, मंगलबहादुर तितुङ, महेन्द्र केसी र गोपीकृष्ण सेन्चुरी चयन भएका छन् ।
समितिले एक प्रेस विज्ञप्ति प्रकाशित गरी दिएको जानकारी अनुसार भेलाले राजपथ आसपासमा निर्माण भएका घर–टहराहरुले सवारी अवागमनमा कुनै बाधा नपु¥याएको हुँदा सरकारी निर्णय जनहित विपरीत भएको ठहर गरेको छ । सो भेलाले आन्दोलनका कार्यक्रमअन्तर्गत सुरुमा प्रधानमन्त्री, भौतिक योजना तथा निर्माणमन्त्री, पर्यटन मन्त्रीलगायतसँग त्रिभुवन राजपथको भैंसेदेखि दामेचौरसम्मको खण्डका सडक बढाउन आवश्यक नभएको जानकारी गराइ पर्यटन मार्ग बनाउन आग्रह गर्ने निर्णय गरेको छ । त्यसपछि पनि नभए संघर्षका थप कार्यक्रम संचालन गर्ने निर्णय भेलाले  गरेको छ ।
आन्दोलनका लागि स्थानीयले प्रतिघर तथा जग्गाधनीले जनही २ सय रुपियाँ संघर्ष सहयोग संकलन समेत गर्ने निर्णय गरेको छ । डिभिजन सडक कार्यालयको सूचना अनुसार भएमा जंगली मार्ग मात्र हुने र यहाँको विकसित हुँदै गएको सहरिकरण ध्वस्त हुने हुँदा त्रिभुवन राजपथलाई पर्यटन मार्ग बनाउनु पर्नेतर्फ जोड गरिएको अध्यक्ष रायमाझीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने