प्रजिअका अङ्गरक्षकको हत्यारा तीन वर्षपछि पक्राउ

१४ फाल्गुन २०६९, सोमबार २२:०६ मा प्रकाशित

रासस/ वीरगन्ज, १४ फागुन । पर्साका सहायक प्रमुख जिल्ला अधिकारीका अङ्गरक्षकमाथि गोली प्रहार गरी हत्या गरिएको आरोपमा फरार एक जना अभियुक्तलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा सुखीपथरा गाविस ८ का भूलनकुमार पासवान रहेको प्रहरीले जनाएको छ। अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जको सक्रियतामा जिल्ला प्रहरी कार्यालय बाराको अपराध नियन्त्रण टोलीले पासवानलाई पक्राउ गरेको हो।
वीरगन्ज उपमहानगरपालिका रानीघाटस्थित सरकारी निवासबाट कार्यालय जाने क्रममा पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्ललाई लक्षित गरेर अज्ञात व्यक्तिले प्रहार गरेको गोलीबाट उनका अङ्गरक्षक प्रहरी जवान अनन्तराज खड्काको मृत्यु भएको थियो।
उक्त घटना भएको झन्डै तीन वर्षपछि प्रहरीले पासवानलाई पक्राउ गर्न सफल भएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो