भ्रष्टाचारविरुद्ध सारदाको आमरण अनसन जारी

१४ फाल्गुन २०६९, सोमबार २१:५० मा प्रकाशित

मुक्तिनाथ भुसाल/ काठमाडौं, १४ फागुन । स्थानीय निकायमा भइरहेको भ्रष्ट्राचारको अन्त्य र दोषीलाई कारवाहीको माग राख्दै भ्रष्टाचारविरोधी अभियानकी अभियन्ता सारदा भुसाल झा सोमबार चौथो दिन पनि रत्नपार्कस्थित शान्तिवाटिकामा आमरण अनसन बसेकी छन् । गत ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मूल गेटमा अनसन बस्न लाग्दा उनीलगायत उनका सहकर्मी आन्दोलनकर्ताहरुमाथि सरकारले प्रहरी लगाएर दमन गरेको थियो । त्यसपछि पनि सारदाको अभियान नडग्मगाएपछि आइतबार साँझदेखि आमरण अनसनका लागि रत्नपार्कस्थित शान्तिबाटिकामा स्थान उपलब्ध गराउन प्रशासन बाध्य भएको हो । यसका लागि स्थानीय निकायमा भइरहेको भ्रष्टाचार र भ्रष्टाचारीमाथि छानबिनको माग उठाउँदै आएका मधेस क्रान्ति फोरमका अगुवाहरुले सघाएको बुझिएको छ ।
अर्घाखाँचीमा जन्मिएर महोत्तरी घर भएकी सारदाले यसअघि पनि महोत्तरीमै १३ दिन आमरण अनसन बसेकी थिइन् ।  महोत्तरी जिल्लाका सरकारी निकायहरुमा व्यापक भ्रष्टाचार भएबाट असन्तुष्ट बनेकी सारदा स्वतःस्फूर्त रुपमा अनसरनमा उत्रिएकी थिइन् । जिल्ला प्रशासन कार्यालय जलेश्वर महोत्तरीको मुलगेटमा तत्कालीन प्रशासनले आमरण अनशन बस्नमा रोक लगाएपछि महोत्तरीकै सदरमुकाम सदरमुकाम जलेश्वरको दुर्गाचोकमा २०६८ भाद्र २५ गते देखी भाद्र ३१ गतेसम्म आमरण अनसन बसेकी सारदालाई अस्पताल भर्ना गर्नुपरेको थियो । तर अस्पतालमै पनि उनी अनसनमा रहेकी थिइन् । अस्पतालबाट फर्किएपछि उनलाई दुर्गाचोकमा बस्न नदिएपछी बनौली दनौली गाविस–४ मा रहेको बिद्यपति जनहित पुस्तकालयमा स्थान दिइएको थियो । उक्त समयमा जलेश्वरको प्रहरी प्रशासनले उनलाई धेरैपटक कुटपिट गरेको उनका सहयोगी श्यामलाल साहले जानकारी दिएका छन् ।त्यतिबेला सारदाको अनसन तोडाउन भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारवाही गरिने आस्वासन दिइएको थिायो । तर भ्रष्टाचारीहरुलाई कारवाही गर्नुको साटो पुरस्कूत गर्न थालेपछि दोहोर्याएर आमरन अनसनमा उत्रनुपरेको सारदाको कथन छ ।
पूर्वघोषित कार्यक्रमअनुसार फाल्गुण ११ गते शुक्रवार आमरण अनसनको लागी अख्तियार पुगेकी सारदालाई प्रहरीले गिरफ्तार गरेर कमलपोखरी प्रहरी कार्यालय पुर्याएको थियो, तर सारदा विचलित भइनन् । यसरी विनास्वार्थ देशको भलाईका लागी आफ्नो ज्यानको परवाह नगर्ने सारदालाई सबै क्षेत्रबाट हौसला र साथ–सहयोग जुट्नु सर्वहितकारी विषय बन्ने देखिन्छ । एउटी नारीको यस साहसपूर्ण कदमको सरकारले कहिलेसम्म उपेक्षा गरिरहन सक्छ, प्रतीक्षाकै विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत