चुनाव निश्चित भएको खनालको दाबी

१४ फाल्गुन २०६९, सोमबार २१:३० मा प्रकाशित

रासस/ भक्तपुर, १४ फागुन । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले अब मुलुकले निकास पाउने बताएका छन् । कृषि विकास बैंक कर्मचारी सङ्घ नवौं केन्द्रीय महाधिवेशनको आज मध्यपुरथिमिको बोडेमा उद्घाटन गर्दै उनले प्रधान न्यायाधीश खिलराज रेग्मीले आज सरकारको नेतृत्व गर्न स्वीकारेकाले अब मुलुकले निकास पाउने दाबी गरेका हुन् । खनालले भने, ‘अब बाबुराम नेतृत्व सरकार जान्छ, प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा सरकार बन्छ, निर्वाचन हुन्छ र देशले निकास पाउँछ भन्ने विश्वास छ।’ ठूला चारदलबीच बैठक बसेर अब बन्ने सरकारको बारेमा ठोस निर्णय लिने, विभिन्न बुदाँहरूमा सहमति गरी कार्य अगाडि बढाउँदै लैजाने बताउँदै चुनाव निश्चित भएकाले अब यसैमा सबै केन्द्रीय हुनुपर्ने उनले औल्याए । देशमा राजनीतिक एवम् आर्थिक सङ्कट चरमरुपमा पुगेको बेलामा संवैधानिक सङ्कट समेत चुलिदै गएकाले रेग्मीको पक्षमा भएको सहमति एकमात्र निकासको आधार भएको चर्चा गरे । आर्थिक आधारको मुख्य तत्व कृषि भएकाले कृषि क्षेत्रको विकास र कृषकलाई प्रोत्साहन गर्न कृषि विकास बैंकले कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा श्री खनालले कृषि विकास बैंकको उत्कृष्ट जिल्ला समितिमध्ये प्रथम सुनसरी, द्वितीय चितवन, तृतीय कैलाली, क्षेत्रीय समिति प्रथम लुम्बिनी, द्वितीय नारायणी र तृतीय बागमतीलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगदसहित सम्मानपत्र प्रदान गरे । त्यस्तै बैंकका कर्मचारीका छोराछोरीमध्ये एसएलसी परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउनेहरू आकृति सिलवाल, प्रज्ज्वल पोखरेल, सामुदायिक विद्यालय तर्फका विहम भुजेललाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो। कार्यक्रममा कृषि विकास बैंकका बिभिन्न शाखाका पदाधिकारीहरूले सरकारले हालै रु ३० हजारसम्मको ऋण मिनाहा गर्ने निर्णयको बिरोध गर्दै राजनीतिक आस्थाका भरमा बैंक नै धरासायी हुने गरी सरकारले गरेको निर्णयको व्यवस्थापनले अवज्ञा गर्ने र बिरोध गर्नुपर्ने बताएका थिए। फागुन १७ गतेसम्म चल्ने महाधिवेशनमा देशभरबाट २३२ जना प्रतिनिधि र २४० जना पर्यवेक्षक सहभागी रहेका छन् भने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा