सञ्चारकर्मीका हत्यारालाई सर्वस्वसहित जन्मकैद

१४ फाल्गुन २०६९, सोमबार १८:५७ मा प्रकाशित

काठमाडौं, १४ फागुन । गत चैतमा हत्या गरिएका झापाका पत्रकार यादव पौडेलको हत्या आरोपी युवराज गिरीलाई जिल्ला अदालतझापाले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ । मुख्य आरोपी भएको किटान गर्दै गिरीलाई सो सजाय सुनाइएको हो । अदालतले घटनामा संलग्न मञ्जु ढकाल र उनका पति सोमनाथ ढकाललाई पनि क्रमशः ३ बर्ष र एक बर्ष कैद फैसला सुनाएको छ भने घटनाका सहयोगी मदन राईलाई ६ महिना कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश गिरीराज गौतमको इजलाशले सोमबार सो फैसला सुनाएको हो ।
सञ्चारकर्मी पौडेलको चैत २१ गते राति बिर्तामोडको नयाँ बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नरमा कुटपिट गरी होटलको छतबाट खसालेर हत्या गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने