पाल्पा महोत्सवमा ५ करोडको कारोवारको लक्ष्य

१४ फाल्गुन २०६९, सोमबार १८:४४ मा प्रकाशित

पाल्पा, १४ फागुन । जिल्लाको समग्र आर्थिक विकासका लागि पाल्पा उद्योग बाणिज्य संघको आयोजनामा पाल्पा महोत्सवको तयारी गरिएको छ ।
पाल्पाको पर्यटकीय विकास, कृषि उत्पादन, घरेलु तथा साना उद्योगको बजार प्रवद्र्धन तथा प्रचारप्रसार गरी अन्तराष्ट्रिय स्तरमा पाल्पाको पहिचान गराउने उद्देश्यले ‘पाल्पा महोत्सव २०६९’ गर्न लागिएको महोत्सव आयोजक संस्था पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मधुदयाल सैंजुले जानकारी दिए ।
“पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार” भन्ने मुल नाराका साथ गर्न लागिएको महोत्सव यहि फागुनको १७ देखि २६ गतेसम्म सञ्चालन गरिने छ । जिल्लामा रहेका कुटीर उद्योग, कृषि तथा बनजन्य उद्योग, महिला उद्यमीका उत्पादन, पर्यटन उद्योगबाट उत्पादित बस्तु तथा सेवालाई प्रवद्धन गर्ने उद्देश्य लिइएको पनि अध्यक्ष सैजुले जानकारी दिए । सदरमुकाम तानसेनस्थित टुडीखेल मैदानमा गर्न लागिएको महोत्सवमा २ लाख अवलोकनकर्ता भित्र्याउने र ५ करोडको कारोवार गर्ने लक्ष्य लिइएको छ ।
महोत्सवमा जिल्लाको सांस्कृतिक पहिचान झल्कीने झाँकी प्रस्तुत गरिनुका साथै जिल्लामा उत्पादन हुने स्थानीय तथा राष्ट्रिय उत्पादनलाई पर्वद्धन गर्न छुट्टाछुट्टै प्रदर्शनी तथा बिक्रि केन्द्र व्यबस्था गरिने संघका उद्योग उपाध्यक्ष अजयमान कर्माचार्यले जानकारी दिए ।
महोत्सवमा नयाँ प्रबिधिका कृषि प्रबिधि, औजार लगायत अदुवाजन्य उत्पादनको प्रदर्शनी सहितको छुट्टै कृषि प्याभेलीयन, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी गरिने छ ।
त्यस्तै रानीमहलको स्वरुपमा सचिवालय निर्माण गरिएको छ । मनोरञ्जनपूर्ण बाल उद्यान निर्माण गरिएको छ भने महोत्सव स्थलको सुरक्षाको लागि सिसिटिभी जडान गरिएको छ । दर्शकहरुका लागि टिकटमा गोलाप्रथाद्वारा एकजनालाई मोटरसाईकल पुरस्कारको व्यवस्था गरिएको पनि उद्योग उपाध्यक्ष कर्माचार्यले जानकारी गराए ।
महोत्सव अवधिभर राष्ट्रिय लोक दोहोरी, आधुनिक तथा पप गायक तथा हांस्य कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनुका साथै खुला, सामुहिक तथा प्राथमिक बिद्यालय स्तरीय सामुहिक वालनृत्य कार्यक्रम, स्थानीय लोक सांस्कृतिक कार्यक्रमहरु हुने संघका कार्यकारी सचिव बिनयराज बज्राचार्यले जानकारी दिए । २०२३ सालमा स्थापना भएको पाल्पा उद्योग बाणिज्य महासंघले यस अंगाडी ७ वटा महोत्सव गरिसकेको छ । महोत्सवको जिल्ला बिकास समिती पाल्पा, तानसेन नगरपालिका, नेपाल उद्योग बाणिज्य महासंघ आयोजक तथा साना उद्योग कार्यालय, जिल्ला कृषि बिकास कार्यालय पाल्पा सहआयोजकका रुपमा रहेका छन् ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले