बिरामीको निःशुल्क स्वास्थ्यपरीक्षण

१४ फाल्गुन २०६९, सोमबार १८:३७ मा प्रकाशित

रुपन्देही, १४ फागुन । नेपाली कांग्रेसका नेता एवम् पूर्वसिंचाईमन्त्री बालकृष्ण खाणले स्वाथ्य क्षेत्र सम्वेदनशील क्षेत्र भएकोले जनतामा स्वाथ्य सेवा पु¥याउनु राज्यको दायित्व भएको बताएका छन् । उनले राज्यस्तरबाटै जनतालाई निःशुल्क तथा सुलभ रुपमा सेवा पद्रान गर्नु राज्यको दायित्व भएको बताए । रुपन्देहीको दयानगर गाविसमा रहेको छपियामा मायादेवी टेक्निकलकलेजको आयोजनामा भएको एकदिने निःशुल्क स्वाथ्य शिवीरको उदघटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
स्वाथ्य शिविरमा करिव ५ सय जनाको निःशुल्क स्वाथ्यपरिक्षण तथा औषधी वितरण गरिएको थियो । कार्यक्रममा मायादेवि टेक्नीकल कलेजका कार्यकारी निर्देशक चिरञ्जीवि जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख महेश्वरप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । शिविरमा जनरल फिजीसियन डा. रविन कुँवर, डा.मोदिन शर्मा, डा. त्रिलोरीनाथ गुप्ता, डेन्टीस डा. त्रिणचन्द्र रेग्मी, डा.पवन मेकदा, डा. सोनाम गुप्ता, डा. निमा गुप्ता, डा. जुनु भण्डारी, डा. श्रीप्रसाद खरेल लगायतले विरामीको निःशुल्क स्वास्थ परिक्षण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट