अटोक्षेत्रमा लगानी असुरक्षित भएको गुनासो

१४ फाल्गुन २०६९, सोमबार १८:२४ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १४ फागुन । अटो व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले अटोक्षेत्रमा गरेको आफ्नो लगानी असुरक्षित भएको गुनासो गरेका छन् । अटो व्यवसायीहरुको छातासंगठन बुटवल अटो इन्जिनियरिङ एशोसिएसन, बुटवल नगरपालिका र दलहरुले अटो व्यवसायीहरुको लगानीप्रति ध्यान नदिएका कारण आफुहरुको लगानी असुरक्षित भएको उनीहरुको भनाई छ ।
एशोसिएसन, बुटवल नगरपालिका र दलहरुको आस्वासनको भर परेर अटोक्षेत्र विस्तारको लागि लगानी बढाएको बताउँदै उनीहरुले अहिले लगानी सुरक्षित होला भन्ने विश्वास गर्न सकिने अवस्था नभएकाले अब लगानी बढाउन नसकिने बताए ।
मैनाबगर अटो भिलेज संघर्ष समिति बुटवल–४ मैनाबगरको तेस्रो साधारणसभामा बोल्ने अगुवा अटो व्यवसायीहरुले छाता संगठन बुटवल अटो इन्जिनियरिङ एशोसिएसनले व्यवसायीहरुका मागलाई सम्बोधन गर्न नसकोले मैनाबगर अटोभिलेज संघर्ष समितिको जन्म भएको बताए । जग्गा वहालको ठाउँमा घरधुरी करको माग गर्दै सघंर्ष समितिमा आवद्व अटोव्यवसायीहरुले आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरुले अटो क्षेत्रको विकासमा बुटवल नगरपालिकाले खासै लगानी नगरेको बताउ“दै घरधुरी कर मात्र उठाउने गरेको आरोप लगाए ।
सोही कार्यक्रममा बोल्दै बुटवल बुटवल अटो इन्जिनियरिङ एशोसिएसनका अध्यक्ष केवलप्रसाद यादवले अटोव्यवसायीहरुका मागलाई व्यवास्ता गरिएकाले संघर्ष समितिको स्थापना भएको बताउँदै व्यवसायीहरुका मागप्रति जो कोही पनि स्पष्ट नभएकालेव् यवसायीहरुबीच फाटो परेको जस्तो देखिएको उल्लेख गर्नुभयो ।
बुटवल बुटवल अटोइन्जिनियरिङ एशोसिएसनका महासचिव पे्रम गौचनले संघर्ष समितिले उठाएको माग व्यवसायीहरुको हितमा भएकाले माग पूरा गर्न एशोसिएसन संघर्ष समितिसंग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्वता जनाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही