रेग्मी प्रधानमन्त्री हुने नै भए त ?

१४ फाल्गुन २०६९, सोमबार ११:३९ मा प्रकाशित

काठमाडौं, १४ फागुन । पदको लोभ र असफलताको आशंकाले अनिर्णित रहेका प्रधानन्यायाधीश खिलराज रेग्मी अन्ततः मुलुकको मुख्य कार्यकारी अधिकार उपभोग गर्न लालायित बनेका छन् । जनताबीच असफल सिद्ध भएका राजनीतिक दलका नेताहरुले अनुनयविनयका साथ प्रधानन्यायाधीशले चाहेबमोजिम गर्न तत्परता दर्शाएपछि रेग्मी चुनावी सरकारको नेतृत्व गर्न तयार भएका हुन् ।
प्रधानमन्त्री भट्टराईको पहलमा सोमबार बिहान बालुवाटारमा बसेको दलीय बैठकमा आगामी २४ गते हुने विशेष इजलासको सुनुवाईसम्म अन्य प्रकृया मिलाउने र राजनीतिक सहमति गर्ने निर्णय भएको थियो भने । त्यसपछि रेग्मीसँग दलका शीर्षनेतृत्वले छलफल गरेको थियो । छलफलमा एमाओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला, शेरबहादुर देउवा तथा एमालेबाट अध्यक्ष झनाथ खनाल र खड्गप्रसाद ओली सहभागी थिए।
प्रधानन्यायाधीशले प्रधानमन्त्रीको जिम्मेवारी स्वीकार गरेको समाचार सार्वजनिक भएलगत्तै विभिन्न प्रतिक्रियाहरु आएका छन् । कतिपयले मुलुक अब निर्वाचनको दिशातर्फ अग्रसर भएको दाबी गरे पनि धेरैले फेरि पनि सहमति भाँडिन सक्ने र रात रह्यो अग्राख पलायो भन्ने उखान चरितार्थ हुने सम्भावना रहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत