‘निर्वाचन अर्को वर्षको चैतमा मात्र !’ : उजागर भयो प्रचण्डको दुर्नियत

१४ फाल्गुन २०६९, सोमबार ०८:२० मा प्रकाशित

काठमाडौं, १४ फागुन । बहालवाला प्रधानन्यायाधीशको नाम प्रधानमन्त्रीका उम्मेदवारका रुपमा एमाओवादीले किन अघिसारेको रहेछ भन्ने कुराको चुरो दलहरुले बल्ल बुझ्न पाएका छन् । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गरी आगामी जेठमा संविधानसभा निर्वाचन गर्न सहमत प्रमुख चार राजनीतिक दलको आइतबार बसेको बैठकमा एमाओवादीका सुप्रिमो प्रचण्डले एक्कासी एकसय असी डिग्रीको फन्को मारेर दलीय नेतृत्वमा सहमतीय सरकार निर्माण गरी आगामी २०७० साल चैतमा संविधानसभा निर्वाचन गर्ने नयाँ प्रस्ताव गरेपछि दलका नेताहरु जिल्ल परे । अब प्रधानन्यायाधीश होइन आफै प्रधानमन्त्री बन्नुपर्ने उनको मकसद उक्त प्रस्तावबाट सोझै बुझ्न सकिन्थ्यो । चुनाव पनि जेठमा होइन, मंसिरमा पनि होइन, एकैचोटी अब चैतमा मात्र गर्नुपर्ने उनको प्रस्ताव आफ्नो शासन सत्ता लम्ब्याउने नांगो चाल भएको जोसुकैले पनि बुझ्न सक्ने विषय हो ।
अन्तरिम चुनावी मन्त्रिपरिषद् निर्माण सम्बन्धमा दलहरूद्वारा गठित कार्यदलले तयार पारेको सहमति प्रस्तावलाई अनुमोदन गर्ने उद्देश्यले आइतबार बसेको चार दलका शीर्ष नेताको बैठकमा एमाओवादी अध्यक्ष दाहालले समय अभाव भन्दै २०७० को चैतमा निर्वाचन गराउने औपचारिक प्रस्ताव गरेका हुन् । बैठकमा एमाओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक प्रतिबद्धताप्रति प्रधानन्यायाधीश आश्वस्त हुन नसकेको भन्दै यस्तै अवस्था आए जेठमा निर्वाचन हुन नसक्ने धारणा अघिसारेका थिए । सत्तारूढ दलका नेताबाट यस्तो अन्योलपूर्ण प्रस्ताव आएपछि विपक्षी कांग्रेस र एमालेका शीर्ष नेताले सत्ता लम्ब्याउने र जनता एवं अन्य दललाई झुक्याउने खेल भन्दै दाहाल र भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । विपक्षीहरूले सत्ता लम्ब्याउने र अन्य दललाई झुक्याउने एमाओवादीको षड्यन्त्रमा आफूहरूलाई फसाइएको भन्दै आपत्ति जनाएपछि एमाओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईले सोमबारसम्ममा रेग्मीलाई मनाउन सकिन्छ कि भन्दै आफूहरूलाई सोमबार दिउँसो ३ बजेसम्म पर्खन  आग्रह गरेका थिए । आइतबार भएको चार दलका शीर्ष नेताको बैठकमा एमाओवादी नेतृत्वले गरेको प्रस्तावले दलीय सहमतिलाई असहमति र अविश्वासमा परिणत गर्न खोजेको विपक्षी नेताहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने