कालीगण्डकी ए बन्द गरिने, लोडसेडिङ बढ्ने

१४ फाल्गुन २०६९, सोमबार ०३:५९ मा प्रकाशित

काठमाडौं, १४ फागुन । कालीगण्डकी ‘ए’ विद्युत् आयोजना मर्मतका लागि दस दिन बन्द गरिने भएको छ । आगामी शुक्रबारदेखि आयोजना बन्द गरिन लागेको हो । ६० मेगावाटको उक्त विद्युत्गृह बन्द हुँदा  दैनिक थप दुई घण्टा लोडसेडिङ बढ्ने विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सो आयोजनाको इन्लेट भल्व (सुरुङबाट टवाईनसम्म पानी लैजाने पाईप) खिएर पानी चुहिने अवस्था आएकोले मर्मत गर्नुपरेको हो । मर्मतका लागि जापानबाट सामान आइपुगेको र इन्लेट भल्व मर्मत गर्न आयोजना बन्द नगरी सम्भव नहुने हुनाले दश दिनका लागि बन्द गर्नुपरेको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार