आइफोन र आइपडपछि अब एप्पलको आइवाच

१३ फाल्गुन २०६९, आईतवार २१:५४ मा प्रकाशित

एजेन्सी/ आइफोन र आइपडको निर्माणबाट प्रविधिको दुनियाँमा तहल्का मच्चाएको एप्पल कम्पनीले अब आईवाच अर्थात् स्मार्ट घडी उत्पादन गर्ने भएको छ । अमेरिकी पेटेन्ट अफिसलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएअनुसार हालै मात्र एप्पल कम्पनीले नयाँ प्रविधिको एक पेटेन्टका लागि आवेदन गरेको छ । बताइएअनुसार एप्पलले गुपचुप रुपमै सन् २०११ को अगस्टदेखि नै स्मार्टवाच निर्माणको काम सुरु गरेको थियो । यसरी आइफोन र आइपडपछि एप्पलले आइवाचको तयारी गरिसकेको छ ।
जानिफकारहरुका अनुसार एप्पल जुन किसिमको उपकरण निर्माणको तयारी गरिरहेको छ त्यो चुरा या बालाजस्तै हातको नाडीमा पहिरिने वस्तु नै हुनेछ । नाडीमा बाँध्ने उक्त उपकरण सम्पर्क फोन, टेब्लेट या ल्यापटपसँग हुन्छ र घडीमार्फत् उक्त उपकरणबाट काम लिइन्छ । यस्तो स्मार्टवाचको बारेमा केही वर्षअघिदेखि नै चर्चा चल्दैआएकोमा हालै मात्र उक्त कल्पना साकार हुने प्रविधि पत्ता लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा