पूर्वयुवराज पारशको पेटको रक्तश्राव रोक्न अस्पताललाई मिल्यो सफलता

१३ फाल्गुन २०६९, आईतवार २०:३६ मा प्रकाशित

काठमाडौं, १३ फागुन । पाँच दिनअघि हृदयाघातका करण बैंककस्थित समितिभेज अस्पतालमा उपचारमा रहेका पूर्वयुवराज पारसलाई खानामार्फत् मन्द विष खुवाइएको चर्चा राजधानीमा चलिरहेकै परिवेशबीच उता उनको पेटको रक्तश्राव रोक्न चिकित्सकहरु सफल भएको समाचार सार्वजनिक भएको छ । उक्त अस्पतालका चिकित्सक सायन चिपुडोमवितले विज्ञप्ति जारी गर्दै शाहको रक्तचाप सन्तुलनमा ल्याउन प्रयोग गरिने औषधिको मात्रा घटाइएको जनाएका छन् । अस्पतालको विज्ञप्तिमा आन्तरिक रक्तश्राव रोकिए पनि उनको स्वास्थ्य स्थिति भने चिन्ताजनक नै रहेको तर थप नबिग्रिएको अर्थात् स्थिर नै रहेको उल्लेख गरिएको छ।
शनिबार पेटमा आन्तरिक रक्तश्राव भएपछि स्वास्थ्य अवस्था थप जटिल बनेको बताइएको थियो। रक्तश्रावपछि उनलाई सिसियुबाट भेन्टिलेटरमा सारिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं स् गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । उनले गायिका आरती अधिकारीको साथमा नयाँ

पाल्पा । पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै