‘अब प्रतिपक्षको प्रस्ताव स्वीकार गर्ने पालो’

१३ फाल्गुन २०६९, आईतवार २०:०३ मा प्रकाशित

काठमाडौ, १३ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले प्रचण्ड, बाबुराम र मधेसी मोर्चाका सबै प्रस्तावलाई प्रतिपक्षले स्वीकार्दा पनि उनीहरुको सत्तालिप्साका एजेण्डाहरु एकपछि अर्को गर्दै अगाडि सारेका कारण उनीहरुको प्रस्ताव फेल हुन पुगेको दावी गर्दै अव उनीहरुले प्रतिपक्षी दलको प्रस्तावलाई स्वीकार्नु पर्ने धारणा अघिसारेका छन् । 
नेविसंघका पूर्व सहमहामन्त्री निलकण्ठ रिजालद्वारा लिखित नेपाल विद्यार्थी संघको संगठन सुदृढीकरणका लागि सांगठानिक, राजनैतिक एवं शैक्षिक दृष्टिकोणसहितको अवधारणा पत्र आइतबार राजधानीमा सार्वजनिक गर्दै जोशीले भने– ‘लोकतन्त्रलाई समाप्त पारी सर्वसत्तावाद लाद्न खोज्ने माओवादीको अस्तित्व समाप्त हुन्छ ।’
सो अवसरमा नेविसंघ पूर्व अध्यक्ष गुरुराज घिमिरेले अहिलेका राजनीतिज्ञहरुले प्रचण्डका वरिपरी घुमेकाले संकटकालको निकास निस्कन नसकेको आरोप लगाए भने पूर्व अध्यक्ष कल्याण गुरुङले नेविसंघले सर्वसत्तावादको वकालत गर्नेहरुसँग भिड्न नसके यो भन्दा पनि कमजोर अवस्थामा पुग्ने चेतावनी दिए । पूर्व केन्द्रीय सदस्य उर्मिला थपलियाले अहिलेको अन्तिम निर्णय निर्वाचन भएकाले निर्वकल्प निर्वाचनमा जानुपर्ने बताईन् ।
अवधारणा पत्रका लेखक निलकण्ठ रिजालले भने– ‘अवको नेवि संघ नम्र, विवेकशील, संस्कारित र प्रशिक्षित हुन जरुरी छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र