युबासंघको अधिबेशन प्यानलले गर्दा दिनभर तनाब

१३ फाल्गुन २०६९, आईतवार १९:३१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही १३, फागुन । एमाले भ्रातृ संगठन युवा संघमा तिक्तता नियन्त्रण गर्न सर्वसम्मतीमा नेतृत्व चयन गर्ने पार्टीको तीन दिनको कसरत विफल भएपछि आज साझ गोप्य हुने भएको छ । अध्यक्षमा निवर्तमान अध्यक्ष महेश बस्नेत र महासचिव निरज आचार्यको प्यानलबिच चुनावी भिडन्त भएको हो । बस्नेत प्रति पार्टीका वरिष्ठ नेता माधव नेपाल र नेता केपी ओलीको झुकाव छ भने आचार्य प्रति पार्टी अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमको झुकाव छ । आचार्यको प्यानलमा उपाध्यक्षमा राजु गुरुङ्ग, लेखराज गौंतम, ज्ञानेन्द्रमोहन श्रेष्ठ, रन्जना सरकार , महासचिवमा वावुराम थापा, कोषध्यक्षमा दिपेश जोशि र सचिवमा नरेश शाही, लिलाधर भट्ट, अशोक यादव, प्रकाश ढुङ्गाना, दिपक पनेरु, गणेश श्रीपाली, क्रान्ति वुर्लाकोटी, जित बहादुुर राई, पार्वती केसी छन् त्यस्तै बस्नेतको प्यानलमा पाँच उपाध्यक्षमा झपट रावल, निरु पाल, दिलु पन्त, सुर्य ढकाल र नारायाण बस्नेत, महासचिवमा राजिव पहारी, कोषाध्यक्षमा गोविन्द थापा, नौ सचिवमा रमेश पौडेल, किरण पौडेल, टिकाराम शर्मा, अशोक चन्द, भगवती विष्ट, मन्जु यादव, सरोजा दिलु विक, हस्त शाही र चन्द्र लामा छन् । कुल एक सय ३५ पदका लागि भएको निर्वाचनमा चार सय भन्दा बढी उम्मेदवार भएको निर्वाचन आयोगले बताएको छ । चुनाव प्रचारप्रसारको क्रममा दुई प्यानलविच वाक युद्ध र तिक्ततापूर्ण गतिविधि भएका छन् । दुुवै समूहले शनिवार र आइतवार समूहगत चुनावी नारावाजी गरी भिडन्तको अवस्था बनेपछि निर्वाचन आयोगले सिद्धेश्वरी मावि क्षेत्र र एमाले लुम्विनी अञ्चल कार्यालय क्षेत्रमा जुलुश र नारावाजी गर्न निषेध गरेको छ ।चुनावमा कुल एक हजार चार सय २१ मतदाता छन् । मतदानको लागि राति साढे आठ बजे को समय तोकिएको छ । १३ गते. समापन समारोह गर्ने पूर्व निर्धारीत कार्यतालिका भएपनि सर्वसम्मतिको कसरतको कारण १३ गते मतदान भएको छ । देश भरिका एमाले समर्थक युवाहरु यहाँ भेला  भएकाले बुटवलमा युवा मेला लागे झैँ रमाइलो भएको छ । होटल, रेष्टुरेन्ट, प्रेस, साइवर र सञ्चारको व्यापार फस्टाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी