यौनको भोकलाई धनको लोभले जितेपछि…

१३ फाल्गुन २०६९, आईतवार १९:१६ मा प्रकाशित

काठमाडौं, १३ फागुन । समाजमा नैतिकता र इमानदारीको खडेरी पर्दै गएको परिवेशमा यसैलाई पुष्टि गर्ने अर्को एक घटना घटेको छ । आफैंले भाइको नाता लगाएर व्यवहार गर्दै आएकी पोखराकी कल्पना नकर्मीले उदयपुरका अमर रानालाई लेनदेनको मामलामा हत्या गराएपछि नेपाली समाज बेइमान र क्रुर बन्दै गएको थप पुष्टि भएको हो । यति मात्र होइन, ३५ वर्षिया कल्पनाले २६ वर्षका अमरलाई भाइको नाता लगाएर नजिक तुल्याई यौनतुष्टिको माध्यम पनि बनाउँदै आएकी थिइन् । यसको खुलासा प्रहरी अनुसन्धानपछि भएको हो ।
पोखरा बसेर ठेक्कापट्टाको काम गर्दै आएका अमरले सडकमा ठेलामा राखेर चिया पसल चलाउँदै आएकी नकर्मीलाई केही रकम सापट दिएका रहेछन् । त्यही रकम नै उनका लागि काल बनेर प्रकट भयो । उक्त सापटी रकम फिर्ता माग्न थालेपछि नकर्मीले अमरको हत्या गरेर ऋणमुक्त हुने योजना बनाएको अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार १२ गते शनिवार राति ८ बजेतिर कल्पनाले रानामगरलाई आफूकहाँ बोलाएकी थिइन् । उनले पहिले नै दुईजना हत्यारा तयार पारेर राखेकी रहिछिन् । सहयोगीमार्फत् हत्या गराएपछि हत्याराहरुलाई नै आफ्नो हात पछिल्तिरबाट बाँध्न लगाएर उनीहरुलाई उनले भगाएकी थिइन् । त्यसपछि बाँधिएको हातसहित उनी प्रहरी चौकी पुगेर आफ्नो भाइ नाता पर्नेलाई अपहरणकारीले लिएर गएको उजुरी हालेकी थिइन् । तर, थानासम्म बाँधिएको हात लिएर पुगेपछि प्रहरीले उनैलाई शंका गर्यो, किनकि बाँधेको हात त उनले कसैलाई फुकाउन लगाएर पनि प्रहरीकहाँ पुग्न सक्थिन् । तर, उनले आफू साधु बन्नका लागि त्यसो गरिनन् । त्यही चलाखी उनका लागि कमजोर कडी बन्न पुग्यो र उनी प्रहरी फन्दामा परिन् ।
मृतक रानाको शव पृथ्वीनारायण क्याम्पसभन्दा केही तलको चौरमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएको छ भने फरार दुई हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट