विरोध बढेपछि रेग्मी निराश, दलहरु किंकर्तव्यविमुढ !

१३ फाल्गुन २०६९, आईतवार ११:४७ मा प्रकाशित

काठमाडौं, १३ फागुन । आफुलाई चुनावी सरकारको नेतृत्व दिन लागेको विषयमा चौतर्फी विरोध सुरु भएपछि प्रधानन्यायाधीश खिलराज रेग्मी निराश बन्न पुगेको उनीनिकट सुत्रले जनाएको छ । चाहना हुँदाहुँदै पनि बिरोधकै कारण अब जिम्मेवारी स्वीकार नगर्ने मनस्थिति उनले बनाएको सुत्रको दाबी छ । निराशाकै कारण आइतबार बिहान प्रमुख राजनीतिक दलका नेताहरुसँग छलफलमा सहभागी हुनसमेत रेग्मीले अनिच्छा प्रकट गरेका छन् । 
यसरी प्रधानन्यायाधीशको विकल्प तत्यत्तिकै तुहिने सम्भावना बढेपछि मधेसी मोर्चासहित तीन प्रमुख राजनीतिक दलका नेताहरु ुनयाँ विकल्पु खोज्ने मनस्थितिमा पुगेको बताइन्छ । प्रधानमन्त्रीको विकल्पका लागि माओवादीले आइतबार अपरान्हका लागि बैठकसमेत डाकिसकेको बुझिएको छ । गैरदलीय व्यक्तिको नेतृत्वमा सरकार हुनु हुँदैन भन्ने जनमत सृजना भइरहेका बेला राजनीतिक र कानुनी अड्चन हटाउने सहमति बनाएर प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अन्तिम पटक मनाउने प्रयास गरिने तयारीसमेत दलहरुले गरेका छन् । आइतबारसम्ममा प्रधानन्यायाधीशको नाममा सहमति बन्न नसके अर्को विकल्पमा जाने निश्कर्षमा प्रमुख दलहरु पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार