युवासंघमा बस्नेत र आचार्यबीच भीडन्त, बस्नेतलाई ओली र नेपालको समर्थन

१३ फाल्गुन २०६९, आईतवार ११:२७ मा प्रकाशित

काठमाडौं, १३ फागुन । युवासंघ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दशत्र शनिबार सम्पन्न भएको छ । बन्दशत्रले विधान अधिवेशनवाट पारित राजनीतिक तथा संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान र समसामयिक प्रस्तावहरुलाई स्विकृती प्रदान गरेको संघका एक केन्द्रिय नेताले जानकारी दिए । उनका अनुसार अब युवासंघ शक्तिपृथकीकरणको सिद्धान्त अनुरुप केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग र केन्द्रीय प्रतिनिधि परिषदको ढाँचाका आधारमा अघि बढ्ने छ । बताइएअनुसार युवासंघको केन्द्रीय कमिटी १३५ सदस्यीय हुनेछ, जसमा अध्यक्ष १ उपाध्यक्ष ५ महासचिव १ सचिव समावेशी ५ सहित ९ र कोषाध्यक्ष १ रहने व्यवस्था गरिएको छ । नेतृत्वमा महिला, जनजाती, मधेसी, दलित, मुस्लिम र पिछडिएको क्षेत्रका लागि आरक्षण प्रदान गरिएको छ । यसका साथै शहिद परिवार र अपांगता भएका कार्यकर्ताका लागि पनि कोटा निर्धारण गरिएको छ । अनुशासन आयोग अध्यक्ष र सचिव सहित ११ र लेखा आयोग अध्यक्ष र सचिव सहित २१ सदस्यीय रहने व्यवस्था छ । 
निर्वाचनको कार्यक्रम आज आइतबार सम्पन्न हुँदैछ । संघको नेतृत्वका लागि सर्वसम्मतीको प्रयास असफल भएपछि दुई प्यानलले उम्मेद्‍वारी दर्ता गर्ने भएका छन् । वर्तमान उपाध्यक्ष महेश बस्नेत र महासचिव निरज आचार्यले नयाँ नेतृत्वका लागि उम्मेद्‍वारी दर्ता गर्ने भएका हुन् । बस्नेतलाई नेता केपी शर्मा ओली तथा आचार्यलाई अध्यक्ष झलनाथ खनालको समर्थन छ । माधवकुमार नेपाल निकटका अध्यक्ष उम्मेद्‍वारी झपट रावलले पनि बस्नेतलाई नै अध्यक्षमा समर्थन गरेका छन् ।
बस्नेत समूहबाट झपट रावल, दिलकुमारी पन्त, सूर्य ढकाल र निरु पाल उपाध्यक्षमा लड्ने भएका छन् भने आचार्य समूहबाट राजु गुरुङ, लेखराज गौतम, ज्ञानेन्द्रमोहन श्रेष्ठ र पार्वती केसी उपाध्यक्ष उम्मेदवार हुने भएका छन् । यस्तै, सचिवमा गणेश श्रीपाली, नरेश शाही, लिलाधर भट्ट, चन्द्र बुढा, धर्मेन्द्र सिंह, जितबहादुर राई, प्रकाश ढुंगाना, कान्ति बुर्लाकोटी र प्रकाश न्यौपानेले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल