युवती लुट्ने एमाओवादी युनियनका अध्यक्षलाई प्रहरीले नै भगाएको आशंका

१३ फाल्गुन २०६९, आईतवार ०९:११ मा प्रकाशित

काठमाडौं, १३ फागुन । गत मंसिरमा अध्यागमन विभागमा भएको भोजपुरकी युवती लुटपाट र बलात्कार काण्डमा मुछिएका दुई अधिकृतस्तरका कर्मचारी रामप्रसाद कोइराला र टिका पोखरेल यतिबेला फरार छन् र उनीहरुलाई खोज्न नेपाल प्रहरीले उच्चस्तरीय अनुसन्धान सुरु गरेको बुझिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको एउटा विशेष टोली र महानगरीय प्रहरी अपराध महाशाखासमेत यसमा लागेको जानकारी प्रहरी निकायले जनाएको छ । प्रधानमन्त्री कार्यालयको छानबिनले पनि उनीहरूको ठाडो संलग्नता देखाइसकेको छ भने अदालतले पनि अभियुक्त कायम गर्दै पक्राउ आदेश दिइसकेको छ । तर अभियुक्तहरू फरार भएको लामो समयपछिको प्रहरीले चालेको यस हास्यास्पद कदमबाट नागरिक समाज भने आश्चर्यमा परेको छ । 
नक्कली पासपोर्टमा साउदी अरब गएर फर्केकी सोझी युवतीसँग रकम लुट्ने योजनाका मुख्य योजनाकार नासु सोमनाथ खनालले पोलेपछि तत्काल उनीहरुलाई पक्रेर कानूनी कारबाही चलाउनु पर्नेमा त्यासो गरिएको थिएन । घटना प्रकाशमा आएको निकै समयसम्म पनि उनीहरु फरार भएका थिएनन् । हालै नासु खनाललाई जेल पठाइएपछि मात्र उनीहरु आफू पनि नबचिने रहेछ भनन्ने ठानेर फरार भएका हुन् । स्मरण रहोस्, अभियुक्त पोखरेल एमाओवादी समर्थित कर्मचारी युनियनका अध्यागमन विभाग इकाई अध्यक्ष हुन् भने पोखरेलले मुख्य अभियुक्त खनाललाई युनियनमा सचिव नियुक्त गरेका थिए ।
अपराधीलाई कारबाही गर्न यत्रो आवाज उरिरहेको सन्दर्भबीच पनि अभियुक्तले यत्तिका दिनपछि आरामले भाग्न पाउने माहोल निर्माण गरिदिएर प्रहरी प्रशासनले देशको कानून र कानूनी राज्यकै उपहास गरेको अनुभूति यतिबेला गरिन थालिएको छ ।
पीडित युवतीबाट लिइइएको रकममध्ये बीस बीस हजार लिएका कोइराला र पोखरेल दुवैले छानबिन महानगरीय प्रहरी परिसर हनुमानढोकामा गएर हाजिरजमानीमा कागजसमेत गरेका थिए । अधिकृतस्तरका कर्मचारी र राजनीतिक रूपमा प्रभावशाली पनि भएका कारण उनीहरूलाई गृहप्रशासन र प्रहरी दुवैले उन्मुक्ति प्रदान गर्न सहज वातावरण बनाइदिएको चर्चा अहिले सम्वद्ध कर्मचारी वृत्तमा व्याप्त छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि