भारतीय राजदूतले भेटे प्रचण्ड-बाबुराम

१२ फाल्गुन २०६९, शनिबार २१:४० मा प्रकाशित

काठमाडौं, १२ फागुन । दलहरुबीच चुनावी सरकार गठनका लागि प्रयास भइरहेका बेला भारतीय राजदूत जयन्तप्रसादले शनिबार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेटघाट गरेका छन् । लाजिम्पाटस्थित प्रचण्डको निवासमा गरिएको भेटघाटमा राजदूत जयन्तले नेपाली राजनीतिमा देखापरेको संकट निकासका लागि भइरहेको प्रयासबारे जिज्ञासा राखेका बताइएको छ । दाहाल र भट्टराईले दलीय प्रयास सकारात्मक रुपमा अघि बढिरहेको जानकारी दिँदै चाँडै निश्कर्षमा पुगिने जवाफ दिएका थिए ।
औपचारिक तवरमा यसरी बताइए पनि भारतीय राजदूत र एमाओवादी नेतृत्वबीचको यो भेटलाई विश्लेषकहरुले विशेष रुपमा अथ्र्याएका छन् । प्रधानन्यायाधीशको नाममा सहमति खोज्ने प्रयास भइरहेकोे परिवेशमा यस भेटघाटपछि अब फेरि प्रचण्डको बोली फेरिने सम्भावना रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको