संघीयतामा जाँदा बुद्धि पुर्याउन राष्ट्रपतिको दलहरुलाई सुझाव

१८ चैत्र २०६८, शनिबार १८:१७ मा प्रकाशित

काठमाडौ, १८ चैत । राष्ट्रपति डा रामबरण यादवले प्रमुख राजनीतिक शक्तिहरुको विचमा सहमतिको बातावरण बनेकोले जेठ १४ भित्र शान्ति र संविधान आउने विश्वास ब्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा क्लबको १४ औ वार्षिक उत्सवको अवसरमा देशभरीबाट आएका शाखाका प्रतिनिधिहरु सँगको कुराकानीमा राष्ट्रपति डा यादवले जेठ १४ भित्र शान्ति र संविधान आउनुको विकल्प नभएको भन्दै दलहरुले संविधान दिनै पर्ने बताए । उनले भने– दलहरुले जेठ १४ मा शान्ति र संविधान दिन्छन भन्ने मलाई विश्वास छ । मैले चार प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई यहि बोलाएर भनेको छु तपाईहरु सहमति गर्नुस जेठ १४ भित्र शान्ति र संविधान दिनुस, म मा विश्वास बढेको छ, दलहरुवीच सहमति बन्दै गएकोले मुलुकले शान्ति र संविधान पाउछ ।  माओवादी, काग्रेस, एमाले र मधेसको शक्ति मिलेर अगाडि बढ्नु पर्छ ।
संसारमा लागु भएका शासन प्रणालीका राम्रा राम्रा पक्षलाई समेटेर लोकतान्त्रिक मुल्यमान्यता भएको शासन प्रणाली अपनाउनु पर्ने  धारणा राख्दै भने– लोकतान्त्रिक मुल्यमान्यता भएको संविधान बन्नुपर्छ । अहिलेसम्म पद्धति नभएको कारण मुलुकमा विभेद भएको हो । पद्धति भए सबै ठिक हुन्छ । अब बन्ने संविधानमा मानवअधिकार, प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, विधीको शासन सहितको लोकतान्त्रिक मुल्य मान्यता हुनु पर्छ ।
नयाँ संविधान जारी गरेर लोकतान्त्रिक पद्धतिको विकासकोलागी पनि निर्वाचनबाट विधी पद्धति स्थपित गर्नु पर्ने उनको धारणा थियो ।
उनले संघीयतना विना संविधान जारी हुन नसक्ने भन्दै देश विखण्डन नहुने गरी संघीयतामा जानु पर्ने बताए ।
संघीय प्रदेश निर्माण गर्दा कसरी गर्ने भन्ने विषयमा दलहरुले बुद्धि पुर्याएर काम गर्नु पर्ने उल्लेख गर्दै राष्ट्रपतिले भने– मुलुकको एकता अखण्ड हुनु पर्छ । यसमा आँच नआउने गरी संघीय प्रदेशहरु निर्माण गर्नु पर्छ । त्यसले नै देश र जनताको हित हुन्छ म त्यसको पक्षमा छु ।
राष्ट्रपति डा यादवले मुलुकमा राजनीतिलाई ब्यवस्थापन गर्न नसक्दा मुलुकमा उपलब्ध प्रयाप्त साधनस्रोतको उपयोग हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै परिवर्तनलाई संस्थागत गरेर मुलुकमा स्थायीत्व कायम गर्दै लोकतन्त्रको बाटोबाट मुलुकलाई अगाडि बढाउनु पर्ने बताए ।
विगतमा विहारका मानिसहरु नेपालमा धान काटन आउने गरेको उल्लेख गर्दै लोकतन्त्रको बाटोबाट निरन्तर अगाडि बढेकोले त्यस ठाँउको विकास सम्भव भएको बताए उनले भने– नेपालमा राजनीतिक पद्धतिबाट चल्न सकेन ।
देश बचाउँन कतैबाट कोही नआउने भन्दै राष्ट्रपतिले हामिहरुले नै मिलेर देशलाई बचाउनु पर्ने बताए ।
उनले भने–यो देश बचाउन आकासबाट मान्छे आउँदैन । हामिलेनै बचाउनुपर्छ । वीपी, पुष्पलाल, गणेशमान, मनमोहन, रामनारायण मिश्र कोही पनि आउँदैनन । मिलेर गरौ । देश अरुले बनाउने नै होईन । शान्ति, संविधान, लोकतन्त्र र स्थायीत्व ल्याउने नेपालीकै दायित्व हो ।
मिलेर शान्ति संविधान  सहित स्थायीत्व ल्याउनु मुलुकको आवश्यकता भएको भन्दै अब नेपाल लोकतन्त्रको बाटोबाट अगाडि बढ्ने विश्वास राष्ट्रपतिले ब्यक्त गरे ।
आफूलाई नेपाली झनलो दलहरुलाई शान्ति र संविधानको पक्षमा झक्झक्याउने डियूटी दिएको भन्दै सोही अनुसार आफूले ड्यूटि निर्वाह गरिरहेको बताए ।
लोकतन्त्रको बाटोबाट अगाडि बढेमात्रै मुलुकको हित हुने विश्वास ब्यक्त गर्दै २०१७ सालमा मुलुकबाट लोकतन्त्र नफालिएको भए मुलुकमा अहिलेको अवस्था नआउने बताए । उनले भने–त्यतीबेला लोकतन्त्र फालिएपछि मुलुक अध्यारोमा गयो ।
उनले २०४६ सालको जनआन्दोलनपछि लोकतन्त्रले बाटो लिएको भए  आज मुलुक यो अवस्था आउने थिएन भन्दै लोकतान्त्रि ब्यवस्थाको संस्थागत विकास हुन नसकेकै कारण देशको अर्थिक स्थिति नसुध्रिएको बताए ।
उनले भने–अब लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर आर्थिक विकास गर्न सबै लाग्नु पर्छ । त्यसको विकल्प छैन । अहिलेको मुख्य एजेण्डा नै शान्ति, संविधान, सहमति र समृद्धशाली नेपालको निर्माण हो । त्यसमा सबै दलहरु मिलेर लाग्नु पर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल