प्रधानन्यायाधीश होइन प्रचण्ड आफैं बन्ने दाउ : नेपाल

१२ फाल्गुन २०६९, शनिबार २०:५१ मा प्रकाशित

बुटवल, १२ फागुन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानन्यायाधीशको नेतृत्वमा  चुनावी सरकार गठन गर्नु सबभन्दा खराव विकल्प भएको धारणा अघिसारेका छन् । उनले दलका नेताहरुको नेतृत्वमा  सरकार गठन गर्नु नै उत्तम विकल्प भएको उल्लेख गरे । शनिबार बुटबलमा पत्रकारहरुसंग कुरा गर्दै नेता नेपालले जसरी भएपनि  बाबुराम  सरकारको बहिर्गमन अहिलेको आवश्यकता  भएको जनाए ।
कांग्रेस सभापति सुशील कोइरालाई प्रचण्डले उम्मेदवारका रुपमा अघि सारेर अलपत्र पारेको सन्दर्भ उल्लेख गर्दै वरिष्ठ नेता नेपालले  प्रधानन्यायाधीश खिलराज रेग्मीलाई पनि प्रचन्ड र बाबुरामले त्यसत्तकै जिल्ल्याएर पछार्न खोजेको आरोप लगाए । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनका लागि नभई बाबुरामलाई पन्छाएर आफैं प्रधानमन्त्री बन्नका लागि प्रचण्डले यो चाल चलेको नेपालको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार