सत्ता लम्बाउनका लागि प्रधानन्यायाधिशको नाम: महासचिव मैनाली

१२ फाल्गुन २०६९, शनिबार १९:०५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १२ फागुन । नेकपा मालेका महासचिव सीपी मैनालीले दलकै नेतृत्वमा सहमतिय सरकार गठन गर्नुपर्ने बताउनुभएको छ । गैरदलिय ब्याक्तिमा आफू र आफ्नो पार्टिको सहमति नहुने भन्दै उहाले दलहरुले अहिलेसम्म गरेका उपलब्धि संस्थागत र अहिलेसम्म देखिएका समस्या हल गर्नु दलहरुकै जिम्मेबारी भएको बताउनु भएको छ । प्रधान न्यायधिश नेतृत्वमा सरकार गठन हुने कम सम्भावना रहेको भन्दै एमाओबादीले फालेको अर्को तूरुपमा ठुला दलहरु परेको बताउनु भयो । अन्तन प्रचण्ड बेठीक भएपनि उहाको नेतृत्बमा सरकार गठन गरि मसिरसम्म निबार्चान हुने बताउनु भयो । उहाले गैर दलिय नेतृत्वमा भन्दा एकीकृत नेकपा माओबादी अध्यक्ष पुस्पकमल दाहाललाई प्रधानमन्त्रि बनाउन उचित हुने बताएभयो ।  उनले भन्नु भयो कांग्रेस सभापती सुशील कोईरालाको नेतृत्वमा सरकार गठन गर्न बिपक्षि दलहरुको प्रयास असफल भएपछी एमाओबादी अध्यक्ष दाहालको नेतृत्वमा सन्तुलनकारी राष्ट्रिीय सहमतीको सरकार गठन गर्ने बिषयमा छलफल हुनु पर्ने मा त्यसमा छलफल र बहस नगरी ठुला दलहरु एकै चोटी गैर दलिय नेतृत्वमा सरकार गठन गर्ने एजेण्डामा प्रबेस गरेर गल्ति गरेको छन ।  एमाओबादीले सत्ता लम्बाउनका लागि प्रधानन्यायाधिशको नाम प्रधानमन्त्रीका लागि अघि सारेको उल्लेख गर्नुभयो । पुर्ब मन्त्री समेत रहुन भएको मैनालीले न्यायपालिकामा रहेको व्यक्ति कार्यपालिकामा जादा राजनीतिक हस्तक्षेप बढ्ने भन्दै वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन भए मुलुकमा निरंकुशताको खतरा हुने खतरा रहेको समेत बताउनु भयो

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४