फेरि सुरु हुने भयो साझाको सयर

१२ फाल्गुन २०६९, शनिबार ०७:५० मा प्रकाशित

काठमाडौ, १२ फागुन । राजधानीमा २०५८ सालदेखि बन्द भएको साझा यातायातको सेवा फेरि सुरु हुने भएको छ । ललितपुरको सातदोबाटोदेखि काठमाडौं महाराजगन्ज र एयरपोर्टबाट कंलकी रुटमा सञ्चालन गरिने गरी १६ वटा हरियो क्रिम रङका अत्याधुनिक साझा बस राजधानी भित्रिइसकेको छ । युरो-३ मापदण्डका यी बसमा ५४ सिट छन् भने विद्युतीय पद्धतिबाट चालक नियन्त्रित ढोकाको व्यवस्था गरिएको छ । आगामी चैतको पहिलो सातासम्ममा साझा बसको सेवा आरम्भ भइसक्ने कम्पनीका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए । 
विसं २०१८ मा तत्कालीन राजा महेन्द्रको अग्रसरता र निजी क्षेत्रको संलग्नतामा सुरु भएको साझा यातायात सरकारले विसं २०५८ माघ ११ देखि औपचारिक रूपमा विघटन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति