१२ वर्ष मुनिका खेलाडी छनौट गरिने

१८ चैत्र २०६८, शनिबार १८:१५ मा प्रकाशित

रौतहट, १८ चैत । यसवर्ष पनि रौतहटमा १२ वर्ष मुनिका फुटबल खेलाडीहरुको जिल्ला स्तरीय छनौट हुन लागको समाचार प्राप्त भएको छ । अखिल नेपाल फुटबल संघको बार्षिक क्यालेण्डर अनुसार जिल्ला फुटवल संघले पहिलो चरणको जिल्ला स्तरिय छनौट प्रतियोगिता चन्द्रनिगाहपुरमा गर्न लागिएको हो । जिल्ला फुटबल संघ रौतहटले यही चैत २१ र २२ गते १२ बर्ष मुनीको खेलाडीहरुको जिल्ला स्तररिय छनौट गर्ने भएको छ । पहिलो चरण पार गरेका खेलाडीहरुको चैत २७, २८ र २९ गते मकवानपुरको हेटौँडामा दोस्रो चरणको छनौट गरिने र दोस्रो चरण पार गरेका खेलाडीहरुको अन्तिम चरणको छनौट काठमाण्डौमा बैशाख ६ गते देखी ९ गते सम्म हुने जिल्ला फुटवल संघ रौतहट रौतहटले जनाएको छ । छनौटको अन्तिम चरण पार गर्ने खेलाडीहरुलाई अखिल नेपाल फुटवल संघले दैनिक फुटबल प्रशिक्षणका साथै निःशुल्क खान बस्न र अध्ययनको व्यवस्था मिलाउने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सर्वाधिक ८ स्वर्ण पदकको टुंगो लाग्दैछ

टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल