‘कांग्रेस–एमालेलाई चुनाव भइहाल्छ कि भन्ने चिन्ता छ’ : बस्नेत

१२ फाल्गुन २०६९, शनिबार ०७:२९ मा प्रकाशित

काठमाडौं, १२ फागुन । एनेकपा माओवादीका नेता शक्ति बस्नेतले नेपालको पछिल्लो जटिल राजनीतिक अवस्थाबाट निकास पाउन संबैधानिक बाटो छोडेर सम्झौताको मार्गमा हिँड्नुपर्ने ‘सुझाव’ दिएका छन् । संविधानबाट मात्रै निकास ननिस्कने भएकोले आवश्यकताअनुसार सम्झौताको बाटो अवलम्वन गर्नुपर्ने र त्यसबाट मात्र निकास निस्कने उनको तर्क थियो । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा पार्टीभित्र प्रचण्डका खास व्यक्तिका रुपमासमेत चिनिने बस्नेतले कांग्रेस र एमालेले निर्दलीय प्रधानमन्त्री हुने भयो भन्नेमा भन्दा पनि निर्वाचन पो हुने भयो कि भनेर चिन्ता प्रकट गरेको आफ्नो बुझाई रहेको धारणा प्रस्तुत गरे । २०७० सालसम्ममा निर्वाचन नभए मुलुक ध्वंसात्मक बाटोमा फस्ने चेतावनी उनले दिए । 
कार्यक्रममा नेकपा–माओवादीका नेता लेखनाथ न्यौपानेले स्थानीय निकाय कर्मचारीको हातमा दिँदा भ्रष्टाचार ब्याप्त भएको र स्थानीय निकास असफल प्रमाणित भइसकेको अवस्थामा केन्द्रीय नेतृत्व पनि कर्मचारीको पोल्टामा सुम्पिँदा मुलुकले निकास नपाउने दावी गरे । मुलुक चार दलका केही नेताको घेराबन्दीमा रहनु दुर्भाग्यपूर्ण रहेको भन्दै न्यौपानेले तत्काल चार दलको घेराबन्दीबाट मुक्त नगरे मुलुक अर्को द्धन्दमा फस्ने चेतावनी दिए । निर्णयप्रक्रियामा आफ्नो दललाई सहभागी नगराइए अबका कुनै पनि निर्णय अस्वीकार गरिने उनले जनाए । निर्दलीय ब्यक्तिलाई राज्यको नेतृत्व दिए फेरि फर्काउन आन्दोलन गर्नु पर्ने आवश्यकता रहेको उनको तर्क थियो ।
सोही कार्यक्रममा सद्भावना पार्टीका महासचिव मनिष सुमनले राजनीतिक दलहरुको एक अर्का प्रति विश्वास नभएकोले स्वतन्त्र ब्यक्तिको नेतृत्व आवश्यक भएको भन्दै सबै भन्दा स्वतन्त्र ब्यक्ति प्रधानन्यायाधीश रहेकोले यसमा विवाद गर्न नहुने तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार