अपराधमा संलग्न भारतीय नागरिकहरु प्रहरी नियन्त्रणमा

१२ फाल्गुन २०६९, शनिबार ०६:५८ मा प्रकाशित

काठमाडौं, १२ फागुन । पेस्तोलको गोली र लागूऔषध ब्राउनसुगर बोकेर स्पाइस जेट एअरवेजको उडानद्धारा नयाँदिल्लीतर्फ जान लागेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पेस्तोलको गोली ५ राउण्ड र लागूऔषध ब्राउनसुगर १० ग्रामसहित भारतीय नागरिक ४० बर्षीय संजिव कुमार पक्राउ परेका हुन् । 

उता अवैध रुपले कलवाईपास धन्दामा संलग्न रहेको अभियोगमा काठमाडौं पकनाजोलमा रहेको हसिम अख्तरको घरमा डेरा गरी बस्ने भारतीय नागरिक जलकल्याण कुमारलाई प्रहरीले खोजी गरेको छ । उनको कोठाबाट प्रहरीले बाईपास गर्न प्रयोग हुने ल्यापटप १ थान, एन्टेना ३ थान, स्टिकर ५ थान, एनसेलको सिमकार्ड २४ थान, गोल्डेन लेखिएको सिमकार्ड ९ थान, चार्जर २ थान, युपिएस २ थान, टेलिफोन सेट ८१ थान र एडोप्टर १० थान समेत बरामद गरेको छ । जलकल्याण कुमार भने कोठाको चाबी घरधनीलाई बुझाएर एक सताअघि नै फरार भएका थिए ।
यस्तै, गोली प्रहार गरी भाग्दै गरेका भारत बहराईच नानपारा बस्ने २२ बर्षीय प्रताप सिंह र भारत नवानगंज बस्ने २४ बर्षीय प्रताप सिंहलाई बाँके प्रहरीले कटुवा पेस्तोल १ थान फायर भएको गोलीको खोका १ थान, मेड इन युएसए लेखेको पेस्तोल १ थान, सोको गोली ६ राउण्ड, म्याग्जिन १ थान र मोटरसाइकलसहित पक्राउ गरेको छ । खुद्र–खजुरा–४ स्थित नेपालगंज गुलरीया सडकखण्डमा सोही ठाउँ बस्ने ३२ बर्षीय दलबहादुर मगरलाई गोली फायर गरी घाइते बनाएकोले उपचारको लागि भेरी अंचल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनास्थलमा तराई जनतान्त्रिक पार्टी मधेश लेखेको पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट