एमाले पहिलो शक्ति बन्ने खनालको उद्घोष

१२ फाल्गुन २०६९, शनिबार ०५:२२ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १२ फागुन । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशन बुटवलमा शुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले मुलुक महासंकटमा फसेको उल्लेख गर्दै संकटको निकासको लागि
निर्वाचन नै उपयुक्त विकल्प भएको बताउनुभयो । सबै विकल्प सकिएपछि निकासका लागि वाध्य भएर प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार बनाउने विकल्प अघिसारेको उहाँको कथन थियो ।
प्रधान न्यायाधीशलाई मन लागेर नभै एउटा विकल्पको रुपमा मात्र अघि सारेको र यसमा पार्टी एक ढिक्का रहेको खनालले दाबी गर्नुभयो ।
देशलाई निकास दिन चाँडोभन्दा चाँडो चुनावमा जानुपर्नेमा जोड दिदै अध्यक्ष खनालले अब हुने चुनावमा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभयो । एकीकृत माओवादीको हेटौडाको महाधिवेशनमा भन्दा आफ्नो पार्टीको भातृ संगठन युवा संघको महाधिवेशनमा जनताको सहगागिता धेरै बढी भएको दावी गर्दै अध्यक्ष खनालले जनताको आकर्षण एमालेमा बढ्दै गएको भन्दै खुशी प्रकट गर्नुभयो । उहाँले संविधान बनाएर मुलुकलाई निकास दिन एमाले नै आवश्यक भएको दावी गर्दै युवा संघ र पार्टी कार्यकर्तालाई चुनावमा ध्यान केन्द्रीत गर्न आग्रह समेत गर्नुभयो । मुलुकमा सबैधानिक रिक्तताको फाइदा उठाएर माओबादी नेतृत्व अगाडि बढेको बताउँदै अध्यक्ष खनालले त्यसका विरुद्ध एमालेलेअगुवाई गर्ने बताउनुभयो । सविधान सभाको निर्वाचनमा नेकपा एमाले तेस्रो पार्टी हुनु र लोकतन्त्र नबुझेको एकीकृत माओवादी पहिलो हुनुको विडम्बनाले नै सविधान बन्न नसकेको खनालको दावी रह्यो । मुलुकको वर्तमान सङ्कटसमाधान गर्न सक्ने एक मात्र पार्टि एमाले नै भएको उल्लेख गर्दै खनालले अव हुने चुनावमा नेकपा एमाले नै पहिलो पार्टीको रुपमा उदाउने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा बरिष्ठ नेता माधव नेपालले माओवादीको कारण मुलुकनै खतरामा परेको बताउनुभयो । उहाँले माओवादीको उग्रबामपन्थी विचारले लोकतन्त्रलाई समाप्त खोजेको आरोप लगाउनुभयो ।
अर्का नेता केपी शर्मा ओलीले डा. बाबुराम भट्टराई नेतृत्वको सरकार कुहिएको फल जस्तै भएको बताउनुभयो । उहाँले माओवादी पतनको दिशातर्फ गएको आरोप लगाउदै निर्वाचनपछि एमाले पहिलो शक्ति हुने दावी गर्नुभयो । उपाध्यक्ष बामदेव गौतमले बाबुराम भट्टराई नेतृत्वको सरकारले विदेशिका पक्षमा मात्र सम्झौता गरेको आरोप लगाउनुभयो ।
यसअघि एमालेका प्रभावशाली नेता केपी ओलीलाई एमालेका करिव तीनचार सय कार्यकर्ताले मोटरसाईकल र्याली निकालेर तामझामका साथ बुटवल भित्र्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले