नेपाली बनेर विदेश उड्न लागेका बंगलादेशीहरु पक्राउ

११ फाल्गुन २०६९, शुक्रबार ११:०८ मा प्रकाशित

काठमाडौ, ११ फागुन । वैदेशिक रोजगारीमा सजिलो पर्ने भएकोले बंगलादेशी, भारतीयलगायतका नागरिकले नेपालको पासपोर्ट बनाउने गरेका समाचार धेरै अघिदेखि सार्वजनिक हुँदैआएका थिए । यसै क्रममा नेपाली मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिएर विदेश उड्न लागेका १३ जना बंगलादेशी त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ परेकाहरुले सर्लाहीबाट २०६१ सालमा जारी भएको नक्कली नागरिकताका आधारमा एमआरपी लिएको पाइएको प्रहरीले बताएको छ । साउदी अरबले बंगलादेशीलाई भिसा रोकेकाले उनीहरू नेपाली राहदानीमा जान आएको पनि प्रहरी स्रोतको कथन छ । 
बताइएअनुसार उनीहरूलाई हम्जा नामका बंगलादेशीले ढाका, सांतकिरा हुँदै भारतको कोलकाता, जलपाइगुडी हुँदै नेपालको काँकडभिट्टा भएर काठमाडौं ल्याएका थिए । काँकडभिट्टामा अब्दुल करिम र उनका सहयोगी अब्बास खाँ पठान नामका व्यक्तिहरुले उनीहरूलाई नेपाल भित्र्याएका हुन् ।
पक्राउ परेकाबाहेक अरू १२ जनाको यस्तै नक्कली राहदानीमा भिसा लगाई उडिसकेको प्रहरी अनुसन्धानमा खुलेको छ । तीमध्ये ९ जना हाल साउदी अरेबियामै छन् भने २ साउदीबाट फर्काइएका छन् । एक जनालाई भने जन्म मिति नमिलेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएको थियो ।
बंगलादेशी नागरिकबाट बरामद भएका अधिकांश नागरिकता सर्लाहीबाट जारी भएका छन् भने केही कपिलवस्तु, सप्तरी र धनुषाका छन् । प्रहरीका अनुसार २०६२ मा सर्लाही प्रशासन कार्यालयमा आगलागी हुँदा सबै अभिलेख जलेका थिए । पछि प्रशासनले जिल्लावासीलाई नागरिता नवीकरण गर्न भनेका बेला त्यसैको फाइदा उठाएर गिरोहमार्फत विदेशी नागरिकले नेपाली नागरिकता बनाएर अरब जाने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने