चिनीयाँ राजदूतलाई बिजुक्छेको विदाई

११ फाल्गुन २०६९, शुक्रबार ०७:३७ मा प्रकाशित

भक्तपुर, ११ फागुन । कार्यकाल छोट्याएर स्वदेश फर्कन लागेका नेपालका निम्ति चीनका राजदूत याङ हौलानलाई बिदा गर्न बिहीबार नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध समितिले बिदाई कार्यक्रम गरयो । कार्यक्रममा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भाषा, कला र संस्कृतिले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै लगेको उल्लेख गर्दै नेपालको इतिहास लेखनमा बेलायती प्रभाव बढी भएको चर्चा गर्दै फ्रान्स, जर्मनी र चिनियाँ भाषामा लेखिएका नेपाली इतिहासको तुलनात्मक अध्ययन हुनुपर्ने धारणा अघिसारे । उनले प्राचीन नेपालबारे संस्कृत, तिब्बती र चिनियाँ साहित्यबाट अवगत हुने भएकाले ती भाषाका ग्रन्थको नेपाली अनुवाद आवश्यक रहेको पनि औंल्याए । राजदूत हौलानलाई नेपाली जनताको भावना चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जीपिङसम्म पु¥याई दिन आग्रह गर्दै उनले नेपाल–चीन सम्बन्धको अमरत्वको कामनासमेत गरेका थिए । 
राजदूत हौलानले कुटनीतिज्ञको रुपमा आफू एक देशबाट अर्को देशमा जानु स्वाभाविक भए पनि नेपालबाट यतिबेला बिदा हुन गा¥हो भएको बताए । नेपाली जनताको सरलताबाट आफू प्रभावित भएको बताउँदै उनले भविष्यमा पनि नेपाल र चीनसम्बन्धबारे आफूले चासो राख्ने जनाए । आफ्नो बीसमहिने कार्यकालको समीक्षा गर्दै उनले गत वर्ष नेपाल र चीनबीचको व्यापार ६० प्रतिशतले वृद्धि भएकोमा खुसी व्यक्त गरे ।
आफ्नो कार्यावधिमा चिनियाँ प्रधानमन्त्री वेन जिया बाओले नेपाल भ्रमण गरेको प्रसंग उल्लेख गर्दै यो अवधिमा नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध पनि बलियो भएको हौलानले दाबी गरे ।
कार्यक्रममा नेमकिपा विदेशसम्बन्ध समितिका प्रमुख प्रेम सुवालले नेपालका सरकारहरूले बोलीमा एक चीन नीतिको समर्थन गरे पनि व्यवहारमा त्यो नीति कायम राख्न नसकेको गुनासो गरे ।
राजदूत याङ गत वर्षको असारमा चिनियाँ राजदूतका रुपमा नेपाल आएका थिए भने सन् २००६ देखि दुई वर्षसम्म उनी अफगानिस्तानका लागि चिनियाँ राजदूतका रुपमा रहेका थिए । राजदूत भएर नेपाल आउँदासम्म उनी सन् २००८ देखि नै कोरियाली प्रायःद्वीपसम्बन्धी चिनियाँ राष्ट्रपतिका विशेष दूतका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका