युवा संघको अधिवेशनका लागि एमाले नेतृत्व बुटवलमा, एक करोड खर्चको अनुमान

११ फाल्गुन २०६९, शुक्रबार ०७:१४ मा प्रकाशित

चन्द्रकान्त खनाल/ बुटवल, १० फागुन । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको आगामी कार्यकालका लागि दुई प्यानलमा प्रतिस्पर्धा हुने देखिएको छ । यतिबेला वर्तमान अध्यक्ष महेश बस्नेत, उपाध्यक्षद्वय झपट राउत र हिरा केसी तथा महासचिव निरज आचार्यको चर्चा चलिरहेको भए पनि भित्री रुपमा झपटले महेशलाई सघाउने र हिराले निरजको नेतृत्व स्वीकार्न तयार हुने देखिएको छ । संगठनमा बर्चश्व जमाउन सक्षम महेशलाई पार्टीका वरिष्ठ नेता केपी ओलीको साथ रहेको छ भने निरजलाई झलनाथ खनालको आसिर्वाद मिलेको बताइन्छ ।
उता उपाध्यक्ष केसीले संगठन हाँक्नका लागि आफू सबैभन्दा दक्ष व्यक्ति भएको दावी गरे पनि अरुजस्तो बलिया भने देखिन्नन् । उनले पार्टीको नेतालाई छोपेर समुह बनाउने जो कोहीलाई पनि युवा जमातले पाखा लगाउने भन्दै व्यक्तिगत रुपमा उमेद्वारी दिन आग्रह समेत गरेका छन । तर उनले पनि नेताको आशिर्वचन नपाएकै कारण एकल उमेद्वारीको नारा जपेको कतिपय युवानेताहरु बताउँछन ।
नेकपा एमालेले युवा संघको नेतृत्व सर्वसम्मत बनाउनका लागि पार्टी सचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख युवाराज ज्ञवाली र युवाफाँट ईञ्चार्ज योगश भट्टराई रहेको कार्यदल गठन गरेको छ । युवासंघलाई निश्पक्ष रुपमा अगाडि बढाउन गुटगत विकास रोक्नकै लागि निर्वाचनमा गुठ निर्माण नगरिने अध्यक्ष महेश बस्नेतले बताए पनि पार्टीका नेताहरुले युवाहरुलाई आफ्नो पकडमा राख्नका लागि नेतृत्व तहबाट नै गुटको बिकास गराएका कारण गुट समाप्त हुन नसक्ने महाधिवेसनमा सहभागिताका लागि आएका युवाहरुको भनाई छ ।
महाधिवेसनलाई सर्वसम्मत बनाउन पनि कतिपय लागेका छन भने निर्वाचन भएमा महेशले आफूले जित्ने बुझेका र सहमति भएमा निरज आफूले पाउन सक्ने बुझेका कारण पनि बाहिरबाट महेशले निर्वाचन चाहेको र निरजले निर्वाचन भन्दा पनि सर्वसहमतिलाई जोड दिएको चर्चा छ ।
पार्टीमा गुण्डागर्दी मौलाएको अवस्थामा यसलाई सुद्धिकरण गर्न जरुरी भएको र नयाँ कार्यसमितीले त्यसलाई चिरफार गर्ने तथा प्रेस स्वतन्त्रता, लोकतन्त्र शान्तिका लागि युवासंघले अधियान सञ्चालन गर्ने अर्का प्रत्यासी निरज बताउँछन । प्यानल बनाएर चुनावी मैदानमा उत्रीनेलाई हराउने अभियानका साथ आफू मैदानमा आएको उपाध्यक्ष कसीको भनाई छ ।

एमालेको शीर्ष नेतृत्व बिहीबारदेखि नै बुटवलमा

युवा संघको आठौं राष्ट्रिय महाधिवेशनको लागि एमालेको शीर्ष नेतृत्व बिहीबारदेखि नै बुटवल आएको छ । बिहीबार पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिव युवराज वाली, शंकर पोखरेल, विष्णु पौडेल लगायतका नेता बुटवल आइसकेका छन् । महाधिवेशनका लागि पार्टीका अर्का प्रभावशाली नेता केपी ओली, उपाध्यक्ष बामदेव गौतम, विद्या भण्डारी, महासचिव इश्वर पोखरेल सहितका नेताहरु शुक्रबार आइपुग्ने कार्यक्रम रहेको युवा संघले जनाएको छ ।
सबै वरिष्ठ नेताहरुको बसोवासका लागि स्थानीय कार्यकर्ताको घरमा व्यवस्था मिलाइएको मूल व्यवस्थापन समितिका संयोजक झपट रावलले बताए । सिद्धेश्वरी माविको प्राङ्गणमा पार्टी अध्यक्ष झलनाथ खनालले महाधिवेशनको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
महाधिवेशनमा सहभागी हुनका लागि १४ सय बढी ठूला गाडी, ३ सय साना गाडी र १५ सय मोटरसाईकल प्रयोग गरिने छ भने पाँचसय युवा स्वयंसेवक परिचालन गरिने बताइएको छ । पाँचसय महिलासहित १५ सय प्रतिनिधि सहभागी बन्दसत्रले १ सय ३५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ । त्यसमध्ये २१ केन्द्रीय लेखा आयोग र ११ सदस्यीय केन्द्रीय अनुशासन कमिटी चयन गरिने छ ।
महाधिवेशनको तयारीबारे युवा संघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा अध्यक्षका दावेदारहरुले सर्वसम्मत नेतृत्वका लागि प्रयास जारी रहेको बताएका छन् । सर्वसम्मत हुन नसके सौहाद्र्धपूर्ण ढंगले निर्वाचन गरिने पनि उनीहरुले बताए ।
कार्यक्रममा संघका अध्यक्ष महेश बस्नेतले अधिनायकवादविरुद्धको जनमत घट्दै गएको र लोकतन्त्रप्रतिको जनमत बढ्दै गएको उल्लेख गर्दै यसको पुष्टीका लागि समेत महाधिवेशन सफल हुने बताए । यस्तै महासचिव निरज आचार्यले युवा संघलाई शुद्धीकरण गर्दै अगाडि बढाउने बताए ।
मूल व्यवस्थापन समितिका संयोजक झपट रावलले महाधिवेशनका करिव एक करोड खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने