पूर्वयुवराज शाहको अवस्था स्थिर

११ फाल्गुन २०६९, शुक्रबार ०६:५५ मा प्रकाशित

काठमाडौं, ११ फागुन । गत मंगलबार हृदयघात भई बैंककस्थित समितिवेज अस्पतालको आईसीयू कक्षमा उपचाररत पूर्वयुवराज पारस शाहको होश अझै नखुलेको बुझिएको छ । भेन्टीलेटरको माध्यमबाट श्वासप्रश्वास प्रक्रिया चलिरहेको र अहिले नै केही भन्न नसकिने प्रतिक्रिया चिकित्सकहरुले दिएको बताइएको छ । स्रोतका अनुसार बिहीबार दोहोर्याएर गरिएको टाउकाको सिटिस्क्यानको रिपोर्टमा साधारण इन्फेक्सन मात्र देखिए पनि मुटुको गति सामान्य नहुँदा उनको एमआरआई गर्न चिकित्सकहरूलाई अप्ठ्यारो भइरहेको छ ।
बुधवार बेलुका पारसलाई ज्वरो बढेको थियो तर बिहीबार दिउँसोसम्म सामान्य अवस्थामा फर्किएको र उनको बढेको मुटुको आकार पनि बिहीबार सामान्य देखिएको बताइन्छ। चिकित्सकका अनुसार बढी रक्तश्राव हुँदा मुटु सुन्निन्छ र आकार ठूलो हुन्छ।
मुटु रोगको उपचारमा संलग्न एक नेपाली चिकित्सकका अनुसार हृदयघात भएको व्यक्तिको ज्यान जोगाउन एक घन्टा महत्वपूर्ण समय हो। त्यस समयमा कुनै नतिजा नआए स्वास्थ्य अवस्था जटिल बन्दै जान्छ। एक घण्टाभित्रै शल्यक्रियागरी भल्वहरु खुलाउनुपर्नेमा चार दिन बित्न लाग्दा पनि अहिलेसम्म सो प्रक्रिया नअपनाइनुले गम्भीर अवस्थाको संकेत गरेको स्रोतको कथन छ । चिकित्सकहरुले पूर्वयुवराज पारसबारे यथार्थ विवरण पूर्णरुपले सार्वजनिक नगरिरहेको अनुमान पनि गरिएको छ ।
यसैबीच उपचाररत पतिलाई भेट्न पूर्वयुवराज्ञी हिमानी शाह बैंकक पुगिसकेकी छिन् भने यसअघि नै पारसकी बहिनी प्रेरणा सिंहसहित पूर्वअधिराजकुमार धीरेन्द्रका छोरी(ज्वाइँ पूजा शाही, डा. राजीव शाही, आदर्श विक्रम राणा र दिलासा बुधबार बैंकक पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले सिमराबाटै छोराको हाल बुझिरहेका र अवस्थामा सुधार नदेखिएको कारण पूर्वमहारानी कोमल पनि बैंकक प्रस्थान गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि