सर्लाहीमा विद्युत चोरी नियन्त्रण अभियानबाट १४ लाख रुपैया राजश्व संकलन

१८ चैत्र २०६८, शनिबार १८:१२ मा प्रकाशित

सर्लाही, १८ चैत । सर्लाहीमा विद्युत चोरी नियन्त्रण अभियानबाट १४ लाख रुपैया राजश्व संकलन भएको छ । गत साउन देखि फागुन सम्ममा अभियानबाट १४ लाख रुपैया राजश्व संकलन भएको विद्युत प्राधिकरण मलङ्गवा शाखाका प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिनुभयो । जिल्लाको उत्तरी क्षेत्र लालबन्दी प्रशाखा अन्र्तगतका गाविस र दक्षिणी क्षेत्रका केहि गाविसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राधिकरण कर्मचारीको संयुक्त टोलीले अनुगमन गरेको थियो । त्यस्तै सर्लाहीको नवलपुर मलङगवा सडक खण्ड निर्माणको काम आजबाट सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी भिस्वा कन्सट्रक्सनले आजबाट निर्माण कार्य सुरु गरेको हो । २६ किमी  सडक २० महिना भित्रमा निर्माण कार्य सम्पन्न गरिसक्ने निर्माण कम्पनीले दावी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ