भारतमा बम विष्फोट, १३ को मृत्यु ८५ घाइते

११ फाल्गुन २०६९, शुक्रबार ०६:२५ मा प्रकाशित

एजेन्सी/ काठमाडौं, ११ फागुन । भारत आन्ध्र प्रदेशको राजधानी हैदरावादको दिलसुख नगरमा बिहिबार साँझ दुई स्थानमा बम विष्फोट भएको छ । विष्फोटमा १३ जनाको मृत्यु भएको र सात दर्जनभन्दा बढी घाइते भएको बताइएको छ । स्थानीय एक बस स्टेशन र अर्को सिनेमा घरबाहिर भएको विष्फोट साइकलमा राखेर गराइएको अनुमान गरिएको छ । भारत सरकारले यस घटनालाई ‘आतंकवादी हमला’ भएको जनाएको छ ।
अत्यन्त व्यस्त क्षेत्रमा साँझको समयमा भएको विष्फोटका कारण हताहत हुनेको संख्या बढेको र विष्फोटमा आईडी बम प्रयोग गरिएको हैदरावादका प्रहरी प्रमुख दिनेश रेड्डीले बताएको समाचारमा उल्लेख गरिएको छ । घाइतेहरुलाई शहरका चारवटा अस्पतालमा भर्ना गरिएको र चारवटै अस्पतालमा घाइतेका परिजनहरुको ठूलो भीड लागिरहेको छ ।
गृहमन्त्री सुशीलकुमार सिन्धेले दुई दिनअघि सम्भावित घटनाबारे आफूलाई गुप्तचरी सन्देश प्राप्त भएको स्वीकार गरेका छन् । घटना कहाँ घट्नो भनी निश्चित नभए पनि सबै राज्यलाई आफूले सम्भावित घटना बारे पहिले नै सचेत गराएको दाबी उनले गरेका छन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले ट्वीटरमार्फत प्रतिक्रिया दिँदै घटना कायरतापूर्ण भएको र दोषीलाई कठोर कारवाही गरिने जनाएका छन् । शान्ति बनाइराख्न उनले आमजनतासमक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय