प्रधानन्यायाधीश हुँदैन : नेवि संघ अध्यक्ष कर्ण

१० फाल्गुन २०६९, बिहीबार १६:३६ मा प्रकाशित

काठमाडौं, १० फागुन । दलहरुले सरकारको नेतृत्व गरिदिन अनुनय गर्न थालेपछि प्रधानन्यायाधीशले अनेक शर्त तेसारेर घुर्की लगाउन थालेका छन् । धेरैले यस रवैयालाई ‘अकंटक राज्य गर्ने चाहना’का रुपमा अथ्र्याए पनि दलका नेताहरुले भने अझै प्रधानन्यायाधीशलाई फकाउने कसरत गरिरहेकै छन् । राजनीतिक दलका शीर्ष नेतृत्वको यो व्यवहारले नेवि संघका सभापति रञ्जित कर्णलाई चाहिँ निकै रुष्ट बनाएको छ । नेताहरुप्रतिको असन्तुष्टि उनले बिहिबार राजविराजमा पोखेका छन् ।
राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सभापति कर्णले प्रधानन्यायाधिशले सर्त राखेर चुनावी सरकारको नेतृत्व गरे आफुहरु त्यसको विरोधमा सडकमै उत्रने चेतावनी दिएका छन् । कर्णले भने, ‘चुनावी सरकार नेतृत्व गर्ने प्रधानन्यायाधिशले सर्त राखेर गर्छन भने हामी त्यसको कडा विरोध गर्दै आन्दोलन गर्नेछौं ।’ राजनीतिक दलको सहमतिमा बन्ने प्रधानन्याधिश नेतृत्वको सरकारले राजनीतिक दलहरुको सल्लाह र सुझाव अनुसार अघि बढ्नु पर्ने उनको धारणा छ । प्रधानन्यायाधिशले चुनावी सरकारको नेतृत्व गरे त्यो संबैधानिक र शक्ति सन्तुलनको सिद्धान्त बिपरीत हुने जिकिर गर्दै कर्णले राजनीतिक पृष्ठिभुमि भएकै ब्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने पक्षमा नेविसंघ रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह