जेठभित्र निर्वाचन नभए ०४७ को संविधान ब्युँताउनुपर्ने थापाको धारणा

१० फाल्गुन २०६९, बिहीबार १६:०३ मा प्रकाशित

काठमाडौ, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ मसान्तसम्ममा निर्वाचन सम्पन्न गराउन प्रधानन्यायधिसलाई निशर्त नेतृत्व दिनुपर्ने बताएका छन् । राजधानीमा आयोजित साक्षात्कारमा उनले शर्त राखेर जेठमा निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै तीन महिनाभित्र निर्वाचन गर्ने गरी कुनै पनि सर्त नराखी प्रधानन्यायधिसको नेतृत्वमा निर्वाचन गराउन उनले सुझाव दिए ।
अध्यक्ष थापाले अन्तरिम संविधान भेन्टिलेटरमा अचेत अवस्थामा रहेको बेला त्यसलाई बचाउने कोरामिनबाहेक कुनै विकल्प नहुने भन्दै प्रधानन्यायधिसको नेतृत्वले मुलुकमा कोरमिनको काम गर्ने दावी गरे । उनले भने– ‘भेन्टिलेटरमा रहेको विरामीलाई बचाउने बिकल्प हुन्छ र जसरी बाँच्छ त्यही उपाय अपनाउनु पर्छ । अहिले मुलुकको अवस्था पनि त्यस्तै छ ।’
मुलुकमा ब्यवस्थापिका नभएको, कार्यपालिका पनि कामचलाउ मात्रै भएको अवस्थामा शक्ति पृथकीकरणको कुनै हैसियत नभएको दावी गर्दै थापाले निर्वाचनपछि आफै शक्ति पृथकीकरण कार्यान्वयन हुने भएकोले निर्वाचनमा जान विलम्ब नगर्न सुझाव दिए । यद्यपि उनले बाबुराम भट्टराईसहित दलका नेताहरुको नेतृत्वमा हुने निर्वाचन निष्पक्ष नहुने भएकोले त्यसमा भने सहभागि नहुने स्पष्ट पारे । दलहरुले तयार पारेको नौ बुँदे दस्तावेज चारदलीय सेण्डिकेटलाई संविधानमा लेखेर बैद्यानिकता दिई राज गरिरहने षडयन्त्र भएको आरोप लगाउँदै उनले नौ बुँदे प्रस्तावलाई  चुनाव नगराउने र सत्तामा टिकिरहने चारको कलुषित धारणा भएको बताए । निर्वाचनमा जान प्रमुख दल डराउनु अहिलेको समस्याको प्रमुख कारक तत्व भएको थापाको दावी थियो ।
उनले जेठ मसान्त भित्र निर्वाचन हुन नसके अन्तरिम संविधानको दाहसंस्कार गरेर त्यसको विकल्प खोज्नु पर्ने आवश्यकता औल्याउँदै त्यसको उपयूक्त विकल्प २०४७ सालको संविधान हुन सक्ने धारणा राखे । पछिल्लो समयमा राष्ट्रपतिको भूमिकामा प्रश्न उठाउँदै थापाले संविधानको संरक्षक र पालक राष्ट्रपति चारदलिय सेण्डिकेटको संयोजक भएको आरोप लगाए । उनले राष्ट्रपतिले आफ्नो कार्यालय शितल निवासलाई समेत चार दलिय सेण्डिकेटको कार्यालय बनाएको बताए ।
जेठभित्रमा निर्वाचन हुन नसके आफूहरु विकल्पको लागि सडक आन्दोलनमा जाने चेतावनी दिदै निर्वाचन र आन्दोलनमा सहकार्य गर्ने गरी राष्ट्रबादी शक्तिहरुवीचको तालमेलको आधारमा तेस्रो शक्ति निर्माण गर्ने तयारी भईरहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने