व्यवसायीकै योजनामा सुनचाँदी व्यवसायीको हत्या प्रयास भएको खुलासा

१० फाल्गुन २०६९, बिहीबार ०९:५७ मा प्रकाशित

मुक्तिनाथ भुसाल/ अर्घाखाँची, १० फागुन । अर्घाखाँचीको अडगुडी–१ रिब्दी एक्लेभीरस्थित दहखोलामा गत सोमबार गरिएको सुन–चाँदी व्यवसायीको हत्या प्रयासमा अर्का व्यवसायीकै संलग्नता रहेको पाइएको छ । त्यस साँझ सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेका सुनचाँदी व्यवसायी ताराबहादुर सुनुवारमाथि गोली प्रहार भएको थियो । खन गाविस लुटिपोखरी घर भई हाल सन्धिखर्क सदरमुकाममा सुनचाँदी पसल गर्दै आएका सुनुवार छातीमा लागेको गोलीका कारण गम्भीर घाइते भएका छन् । उनको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 
सुनुवारलाई पछिल्तिर राखेर मोटरसाइकल चलाएका सन्धिखर्कका सरिता अडियो–भिडियो सेन्टरका मालिक रुद्रप्रसाद पराजुलीसमेत घटनामा सामान्य घाइते भएका छन् । यसरी दिनदहाडै गोली हानी कानुन हातमा लिने पोखराथोक–५ घर भई कपिलवस्तुको तौलिहवा–३ बस्ने वर्ष २४ को विमल भन्ने लक्ष्मण सुनुवार र उनका साथी तिलौराकोट–४ निवासी २५ वर्षीय राजु आचार्यलाई स्थानीय पाली प्रहरी चौकीले घटनाको दुई घण्टाभित्रै पक्राउ गरेको थियो ।
प्रहरीले जनाएअनुसार घाइते ताराबहादुर सुनुवार र रुद्रप्रसाद पराजुली एउटै घरको अगलबगलमा पसल चलाउने व्यवसायी हुन् । गत सोमवार पराजुलीको लु. ६ प ६७४ नम्बरको पल्सर मोटरसाइकलमा बुटवल जानका लागि सन्धिखर्कबाट उनीहरु हिँडेका थिए । पराजुलीले चलाएको मोटरसाइकलको पछाीड बसी दुवैजना चाक्ला पुगे । तराईतर्फबाट लु. १२ प ८६१३ नम्बरको यामाहा मोटरसाइकलमा आएका लक्ष्मण सुनुवार र राजु आचार्यसँग भेट भयो । उनीहरुबीच पूर्वपरिचय रहेकोले चारैजना चाक्लावाट सन्धिखर्क फर्किने क्रममा नरपानीमा चिया पिई तारा सुनुवारलाई लिएर रुद्रप्रसाद पराजुली अघि बढे । लक्ष्मण सुनुवार राजु आचार्यलाई बोकेर पराजुलीको पछाडि लागेका थिए ।
दहखोला जंगलमा पुगिसकेपछि रुद्र पराजुलीले आफ्नो मोटरसाइकल रोके र मोवाइलमा कुराकानी गरेजस्तो बहाना बनाए । त्यसै क्रममा लक्ष्मण सुनुवारको मोटरसाइकल आइपुग्यो र उनको पछाडि बसेका राजु आचार्यले ताराबहादुर सुनुवारलाई छातीको बायाँभागबाट गोली चलाइयो भने लक्ष्मण सुनुवारले रुद्रको बाइकलाई भीरतर्फ पल्टाइदियो । एक राउन्डबाहेक गोली चल्न सकेन । त्यत्तिकैमा ताराबहादुरका साथी रुद्रले ‘चाँडो मार’ भन्दै चिच्याए तर गोली चल्न सकेन । घाइते ताराबहादुर ज्यान बचाउन भीरतर्फ दौडिए र गोली चलाउने राजु आचार्य लक्ष्मण सुनुवारको साथमा फरार भए । नजिकै मानिसहरु भएको कारण उनीहरुले तुरुन्त प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेलाई फोन गरी सूचना दिए । हत्याको प्रयास गरिएको खबर पाउना साथ पाण्डेले चारै नाका घेरी पाँच मिनेटभित्र नरपानीका प्रहरी घटना घटेको ठाउँमा पठाए र घाइते ताराबहादुर सुनुवार र रुद्रप्रसाद पराजुलीलाई जिल्ला अस्पताल सन्धिखर्कमा ल्याउन सफल भए । अर्कोतर्फ स्थानीय पाली चौकी घटना घटेको ठीक सवाघन्टामा विमल भनिने लक्ष्मण सुनुवार र राजु आचार्यलाई पक्राउ गर्न सफल भयो ।
गोली प्रहार गरेको ठाउँमा फेलापरेको ब्यागमा लक्ष्मण सुनुवारको लाइसेन्स प्रहरीले भेट्टाएको थियो भने पालीमा दुईजनालाई पक्रने क्रममा २ लाख ३ सय नगद, सुन काट्ने फलामे कैँची, सुन जोख्ने डिजिटल तराजु, रुद्रप्रसाद पराजुलीको जग्गाधनी प्रमाणपत्र, पराजुलीकै नागरिकता अनि नोकिया मोबाइल सेट र एउटा ब्याग प्रहरीले फेलापारेको थियो । मंगलवार बिहान ७ बजे गोली चलेको स्थानमा खोजतलास गर्ने क्रममा मेड इन इटली लेखेको सेतो रङ्गको पेस्तोल, तीन राउन्ड गोली र एक राउन्ड खोका जिल्ला प्रहरी कार्यालय सन्धिखर्कले फेलापारेको कुरा प्रहरी नायव निरीक्षक मोहनकुमार खड्काले जानकारी गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार