एमाले युवा संघमा तीन युवाबीच भीडन्त हुने, नेतृत्व दावेदारीमा बस्नेत अगाडि

१० फाल्गुन २०६९, बिहीबार ०९:५२ मा प्रकाशित

काठमाडौं, १० फागुन । नेकपा एमालेको सशक्त भातृ संगठनका रुपमा चिनिएको युवा सङ्घ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको भोली शुक्रबार बुटवलमा उद्घाटन हुँदैछ । उद्घाटनको तिथि नजिकिएसँगै एमालेका नेताहरूमा छटपटी बढेको देखिएको छ । प्रभावशाली सङ्गठन पकडमा पार्न सकिएमा पार्टी महाधिवेशनमा समेत आफ्नो स्थिति बलियो हुने ठानेर एमालेका नेताहरू युवा सङ्घको नेतृत्व आफ्नो पोल्टामा पार्नका लागि ज्यान फालेर लागेको बुझिएको छ । 
युवा सङ्घलाई चर्चाको शिखरमा पु¥याएको र मजबुत सङ्गठन बनाएको भन्ने निष्कर्षसहित एमालेका केही केन्द्रीय सदस्यले महेश बस्नेतलाई नै अर्को एक कार्यकाल अध्यक्ष बनाउनुपर्ने धारणा राखेका छन् भने भीम रावलले झपट रावललाई र सुरेन्द्र पाण्डेले नीरज आचार्यलाई अध्यक्ष बनाउनुपर्ने अडान राख्दै आएको बुझिएको छ । युवा सङ्घको नेतृत्व लिनका लागि चारजना युवा नेताले उम्मेदवारी घोषणा गरिसकेका छन् । केपी ओलीका विश्वासपात्र भनेरसमेत चिनिएका महेश बस्नेत, माधव नेपालका विश्वासपात्र भनिने झपट रावल, अध्यक्ष झलनाथ खनालका विश्वासपात्र भनिने नीरज आचार्य र हिरा केसीले उम्मेदवारी घोषणा गरिसकेका छन् । तीनजना युवा नेतालाई एक–अर्काको विरोधमा उचालेर बीचबाट छिर्के हान्ने दाउमा रहेका हिरा केसीले पनि भित्रभित्रै नेताहरूलाई आफूतिर आकर्षित गरिरहेको बताइन्छ । वर्तमान अध्यक्ष महेश बस्नेतले एमाओवादीको सामाजिक फाँसीवादका विरुद्ध सङ्घर्षलाई अझ बलियो बनाउनका लागि थप एक कार्यकाल नेतृत्व लिने इच्छा जाहेर गरेको बताइन्छ ।
सुरुका दिनमा नेतृत्व नलिने सोच बनाएका बस्नेतलाई पार्टीका जिम्मेवार नेताहरूले आगामी संविधानसभाको निर्वाचनमा वाईसीएलको आतङ्कलाई प्रतिवाद गर्नका लागि उनकै नेतृत्व आवश्यक रहेको बताएपछि बस्नेतले उम्मेदवारी घोषणा गरेको बुझिएको छ । अध्यक्ष पदका अर्का दाबेदार रावलले युवाको हकहित र आत्मसम्मान बढ्नुको सट्टा अहिले सङ्गठनमा विकृति, विसङ्गति र अराजकता बढेको, सङ्घलाई राजनीतिक संस्था बनाउने लक्ष्य राखेको बताउँदै आएका छन् । हिरा केसीले पनि महाधिवेशन प्रतिनिधिसँगको संवादमा राष्ट्रिय स्वाधीनता र आर्थिक क्रान्तिको दिशामा सङ्घलाई अग्रसर गराउने बताएका छन् । वर्तमान महासचिव नीरज आचार्यले युवा सङ्घ गैरराजनीतिक चरित्रको झुण्डमा परिणत भएकाले त्यसलाई शुद्धीकरण गरी युवा आन्दोलन र अधिकारलाई स्थापित गराउन आफूले उम्मेदवारी दिएको जनाएका छन् । पार्टीका एकथरी नेताहरूले संविधानसभा निर्वाचनमा युवालाई परिचालन गर्दै वाईसीएलको आतङ्कलाई निस्तेज पार्न महेशकै भूमिका सर्वोत्कृष्ट हुने बताउँदै आएका छन् भने केहीले महेशलाई रोक्नका लागि काँडेतार लगाउने कोसिस गरेको बताइन्छ । महेशलाई नेतृत्वबाट पन्छाउनका लागि झपट रावल र नीरज आचार्यलाई मिलाएर लैजानका लागि गत शनिबार एमाले नेता भीम रावल र सुरेन्द्र पाण्डेले हार्दिक होटलमा गरेको बैठक पनि निरर्थक भएको छ । भीम रावलले झपट रावललाई अध्यक्ष बनाउनुपर्ने अड्डी लिएपछि कुरा नमिलेको बताइन्छ । रावलले नीरजलाई सदस्य बनाउने प्रस्ताव गरेपछि नीरज समूहले त्यस्तो निर्णय भएमा राम्रो नहुने चेतावनी दिएकोले दुई नेताको ‘मिलाउने प्रयास’ बालुवामा पानी हालेसरह भएको हो । एकता बनाउने प्रयासलाई सुरेन्द्र पाण्डेले नमानेका कारण भत्किएपछि रावल महेशतिरै लाग्ने सम्भावना भएको बताइन्छ । शनिबार हार्दिक होटलमा महेशविरुद्ध पत्रकार सम्मेलन गरेका रावलहरू त्यसको भोलिपल्टै भानुभक्त ढकाललाई लिएर एमालेका प्रभावशाली नेता केपी ओलीलाई भेट गर्न उहाँकै निवास पुगेको समाचार स्रोतले बताएको छ । नेता ओलीले वर्तमान राजनीतिक परिस्थितिमा बस्नेतलाई अध्यक्ष बनाउन आग्रह गरेपछि अध्यक्षका उम्मेदवारहरू आफ्नो पद सुरक्षित गर्नेतिर लागेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने