विद्यार्थीद्वारा आमरण अनसनको चेतावनी

१० फाल्गुन २०६९, बिहीबार ०७:५९ मा प्रकाशित

काठमाडौं, १० फागुन । जानकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले तीन महिनादेखि बन्द कलेज बन्द हुँदा आफूहरुको भविष्य संकटमा परेको भन्दै तत्काल क्याम्पस नखोलिए आमरण अनसन बस्ने चेतावनी दिएका छन् । विगत ६ महिनादेखि कलेजका कर्मचारीहरुले तलब नपाएको कारण देखाउँदै कलेजका सम्पूर्ण शैक्षिक तथा प्रशाशनिक इकाई बन्द हुँदा विद्यार्थीहरुको भविश्य अनिश्चित दिशातिर धकेलिएको भन्दै प्रशानले तत्कालै कलेज सुचारु नगरे आमरण असनमा बस्ने चेतावनी उनीहरुले दिएका हुन् । 
कलेजमा अध्ययनरत ५० जना विद्यार्थीहरुले पत्रकार सम्मेलनमार्फत् नेपाल मेडिकल काउन्सिल र इन्च्युट अफ मेडिसिनले समेत कलेजमा अध्ययनरत ६ सय विद्यार्थीहरुको भविश्यमा खेलवाड गरेको आरोप लगाए । उनीहरुले एमविविएस, विएस्सी, विएन र पिसिएल नर्सिङ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुले पढाईबाट बञ्चित हुनुपरेको भन्दै सरोकारवाला कलेज प्रशासन, सिडियो कार्यालय, एसपी कार्यालय र जिल्ला शिक्षा कार्यालयसमेतलाई जानकारी गर्दा कुनै सुनुवाई नभएकोले आपूmहरु बाध्य भएर आन्दोलन जानुपरेको जानकारी दिए । उनीहरुले केन्द्रमा आवद्ध सम्बन्धित निकाय डिनको कार्यालय, एनएमसीका चिफसमेतलाई भेटदा कुनै सुनुवाई नभएकाले बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको प्रस्ट्याउँदै कलेज व्यवस्थापनले नक्कली विरामी र पटनाबाट ल्याइएका भाडाका डाक्टर देखाई अनुगमन निकायमा खटिएका टोलीलाई समेत मोटो रकम दिएको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही