भारतको आस्था च्यानलले महायज्ञको प्रत्यक्ष प्रशारण गर्ने

१० फाल्गुन २०६९, बिहीबार ०७:३८ मा प्रकाशित

चन्दकान्त खनाल/ रुपन्देही, १० फागुन । मोक्षधाम सेवा आश्रम आनन्दवन रुपन्देहीले आगामी चैतमा गर्न लागेको महायज्ञका लागि मुल समिति तथा बिभिन्न उपसमिति निर्माण गरिएको छ । नेपालका चार र भारतका चार गरी ८ धाम निर्माण गर्ने लक्ष्यसहित गत वर्ष महायज्ञ गरी भौतिक पूर्वाधार निर्माणमा जुटेको मोक्ष धाम सेवा आश्रम व्यबस्थापन समितिले आठ धामको जग हाल्नका लागि आर्थिक संकलन गर्ने उद्देश्यले श्रीमद्भागवत महामहोत्सव–२०६९ गर्न लागेको हो । महायज्ञ सम्पन्न गर्नका लागि कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा मुल समिति गठन गरिएको थियो । सो समितीको आयोजनामा भैरहवामा भएको भेलाले बिभिन्न उपसमिति गठन गरिएको छ । 
नेपालका धामहरु पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र बुद्धधाम तथा भारतमा रहेका बद्रिनाथ, जगन्नाथपुरी, रामेश्वरम तथा द्वारिकाधाम रुपन्देहीको आनन्दवनमा निर्माण गर्ने लक्ष्य सहित गत वर्ष महायज्ञ गरिएको थियो । सो महायज्ञमा जुटेको आर्थिक सहयोगले व्यबस्थापन तथा केही भौतिक पुर्वाधार निर्माणका काम शुरु भएका छन भने धाम व्यबस्थापन समितिले आगामी चैतको १४ देखि २४ गतेसम्म भैरहवामा गर्न लागेको श्रीमद्भागवत महामहोत्सवमा जुटेको रकमले आठ धामको जग हाल्ले मोक्षधाम सेवा आश्रमका अध्यक्ष वालव्यास ईश्वरशरण शास्त्रीले बताउनुभयो ।
रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ रंङ्गशालामा हुने श्रीमद्भागवत महामहोत्सवमा नित्य श्रीमद्भागवत प्रवचन संगै ११ हजार १ सय ११ जना हरेक जातजातीका बृद्धबृद्धालाई सम्मान गर्ने, १ हजार ८ सालिकराम अर्चना, तण्डुलाचल (चामल दान), विवाह उत्सव गरिने पनि उहाँले जानकारी गराउनु भयो । सो यज्ञको भारतको आस्था च्यानलले नेपालकै इतिहासमा पहिलोपटक प्रत्यक्ष प्रशारण गर्ने भएको पनि अध्यक्ष शास्त्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक