आगामी चैत १ देखि ९ सम्म एसएलसी परीक्षा, अर्काको नाममा परीक्षा दिनेलाई एकलाख जरिवाना गरिने

१० फाल्गुन २०६९, बिहीबार ०७:०३ मा प्रकाशित

रासस/ काठमाडौं, १० फागुन । परीक्षा नियन्त्रण कार्यालयले विसं २०६९ को प्रवेशिका परीक्षा (एसएलसी)को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रवेशिका परीक्षा आगामी चैत १ देखि ९ गतेसम्म हुँदैछ। परीक्षामा नियममिततर्फ चार लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ एक लाख १७ हजार ६८ गरी कूल पाँचलाख ४७ हजार १६५ परीक्षार्थी सामेल हुँदैछन्। 
शिक्षा पत्रकार सञ्जालद्वारा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि एकहजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिइयो । त्यसैगरी परीक्षा सञ्चालनका लागि एकहजार ७८६ केन्द्राध्यक्ष, दुईहजार ६५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८९० निरीक्षक, सातहजार २९७ सहयोगी र १९ हजार ८६० सुरक्षाकर्मी परिचालन हुनेछन्।
परीक्षा नियन्त्रक खगराज बरालले सबै जिल्लाका सदरमुकाममा उत्तरपुस्तिका र ६९ जिल्ला सदरमुकाममा प्रश्नपत्र पुगिसकेको जानकारी दिँदै जिल्लालाई आवश्यक पर्ने परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका, केन्द्राध्यक्ष निर्देशन पुस्तिका र खर्चको अख्तियारी जिल्ला शिक्षा कार्यालयमा पुगिसकेको बताए। यस पटकको सो परीक्षामा सबैभन्दा कम मनाङबाट ७८ र मुस्ताङबाट ११३ परीक्षार्थी समावेश हुँदैछन्।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्वीकृतिबिना प्रवेश गरेमा, अरुको तर्फबाट परीक्षा दिएमा रु एकलाखसम्म जरिवाना वा ६ महिनासम्म कैद हुनसक्ने व्यवस्था गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा